रामपुरमा मोटरसाईकल दुर्घटना एक जनाको मृत्यु

रामपुरमा मोटरसाईकल दुर्घटना एक जनाको मृत्यु

पाल्पा, फागुन १४


पाल्पाको रामपुर नगरपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु १३ प ६८१४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा रामपुर ६ विजपुरका ३० बर्षिय युवा सञ्जु आलेको निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले सेरोफेरोलाई जानकारी दिनुभयो ।
गएराती करिब ९ बजे तिर दुर्घटना भई रामपुर अस्पताल लैजादै गर्दा उनको निधन भएको प्रहरीको भनाई छ ।
घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उनको शवलाई पोष्टमार्टमका लागि रामपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस