रामपुरमा आलु ब्लक कार्यक्रमको खर्च सार्वजनिक

रामपुरमा आलु ब्लक कार्यक्रमको खर्च सार्वजनिक

सुशीला रेग्मी
रामपुर (पाल्पा), ११ फागुन
विजयपुर कृषि सहकारी संस्था रामपुर नगरपालिका पाल्पाले आलु ब्लक कार्यक्रमको खर्च सार्वजनिक गरिएको छ । सहकारीका अध्यक्ष ओमप्रकाश रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको हो । विजयपुर कृषि सहकारीले कृषि ज्ञानकेन्द्र पाल्पाको २३ लाख वजेट सहयोगमा आलु ब्लक कार्यक्रम गरेको छ ।
अध्यक्ष रेग्मीले रामपुर नगरपालिका वडा नं ६ मा सहकारीमार्फत छ सय रोपनी क्षेत्रफलमा आलु ब्लक कार्यक्रम संचालन भएको जानकारी दिदै कृषि ज्ञानकेन्द्र पाल्पाको २३ लाख र कृषकको लागत सहभागीता २३ लाख गरी कुल ४६ लाखको लागतमा आलु ब्लक कार्यक्रम संचालन गरिएको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाका प्रमुख खेमराज घिमिरेले कृषि कार्य गर्न चाहानेलाई सरकारले धेरै सहयोग गरेको बताउनुभएको छ । कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले रामपुरमा संचालन भएको आलु ब्लक कार्यक्रम अत्यन्तै राम्रो भएको बताउँदै पाल्पा जिल्लामै रामपुर नमुना कृषिका रुपमा अगाडी बढेको बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेय, शिवप्रसाद बण्जाडे लगायतले आफ्ना भनाई राख्नुभएको छ । उपाध्यक्ष घनश्याम देवकोटाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव एकराज ढकालले गर्नुभएको हो । कार्यक्रममा सहभागीलाई संचालक समिति सदस्य लेखनाथ रेग्मीले धन्यवाद दिनुभएको हो । फोटो पनि छ है,,,,,,,,,,,,,,,

प्रतिक्रिया दिनुहोस