कैदी बन्दिलाई सिद्धार्थनगर लेडिज सर्कल फोरको सहयोग

कैदी बन्दिलाई सिद्धार्थनगर लेडिज सर्कल फोरको सहयोग


पाल्पा,फागुन ११

सिद्धार्थनगर लेडिज सर्कल फोरले पाल्पा कारागारका कैदी बन्दिहरुलाई सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बीच बन्दिहरुलाई ४३ इन्चको २ थान टेलिभिजन, खेलकुदका सामान, लुगा, खाद्य सामाग्री बितरण गरेको छ। पाल्पाका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जिल्ला बाहिरबाट आएको सहयोगको प्रशंसा गर्नुभयो ।

मानव सेबा नै ठूलो धर्म भएको भन्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले यस खालको सहयोगले कैदी बन्दिहरु सुधार गृह बसाई पश्चात थप सृजनशील हुन सहयोग गर्ने बताउनुभयो । उहाँले कारागारमा बसेका मानिसलाई सुधार गर्ने उद्देश्यले गरेको कामले ठूलो धर्म भएको घारणा राख्नुभयो । राम्रो सदुपयोग हुने ठाँउमा सहयोग भएकोमा प्रमुख जिल्ला अधिकारी न्यौपानेले धन्यवाद दिनुभयो ।

कार्यालय प्रमुख भक्तीसरा रानाले प्राप्त समाग्रीले ठूलो सहयोग भएको धारणा राख्नुभयो । यहाँले सहयोग गर्ने सस्थालाई धन्यवाद दिनुभयो । कार्यक्रम मिनल अग्रवालको सन्चालन र बेनु अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण मनोरञ्जन शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना