अगरबत्तीले स्वरोजगार बन्दै पाल्पाका महिला

अगरबत्तीले स्वरोजगार बन्दै पाल्पाका महिला


अर्चना ज्ञवाली
पाल्पा, फागुन १०


पाल्पाका महिलाहरु स्वरोजगार बन्न अगरबत्ती बनाउने पेशा तर्फ लागेका छन । बडिज्ञानटोल बिकास संस्थाको ब्यबस्थापन र नागरिक स्वरोजगार केन्द्रको आयोजनामा आयोजित एक दिने अगरबत्ति बनाउने तालिमको नगर प्रमुख अशोक कुमार शाहीले उद्धाटन गर्नुभयो ।कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख शाहीले उत्पादन पद्धतीसंगै जोडिदै महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रमका बिशिष्ठ अतिथी एवम् वडा अध्यक्ष बरुण प्रसाद रेग्मीले तालिममा सिकेको सीपलाई ब्यवहारमा परिणत गर्न जोड दिनुभयो । वडा सदस्य शान्ति झेडीले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले आयोजित तालिममा सहभागीहरुले राम्रो संग उपयोग गर्नुपर्ने बताउनुभयो ।


४० जना महिलाहरुको सहभागीता रहेको तालिमको प्रशिक्षक शिक्षा भुषालले महिलाहरुलाई सीप सिकाएर दक्ष बनाउदै आर्थिक रुपले बलियो बनाउने तालिमको मुख्य उद्धेश्य रहेको बताउदै उत्पादित बस्तुको बजारिकरणको लागि संस्थाले सहयोग गर्ने बताउनुभयो । नागरिक स्वरोजगार केन्द्रिले नगरभित्रको सबै वडाका टोलबिकास संस्थाका सदस्यहरुलाई स्वरोजगार बनाउने उद्धेश्यले तालिमको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना