पाल्पाका किशोरीहरुलाई आइरन चक्की खुवाउन सुरु

पाल्पाका किशोरीहरुलाई आइरन चक्की खुवाउन सुरु

दिनेश घिमिरे
पाल्पा फागुन १०

पाल्पा जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकाहरुमा एक दिने स्वास्थ्य संस्था तथा विद्यालयका श्रोत शिक्षकहरुको लागि किशोरीहरुलाई आइरन चक्की वितरण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । साथै आइरन तथा फोलिक एसिड खुवाउने काम सुरु भएको छ । किशोरीहरुलाई आइरन वितरण कार्यक्रमले आइरनको कमीले हुने रक्तअल्पता’को नियन्त्रण किशोरीहरूको पोषण अवस्थामा सुधार ल्याउने र पोषण शिक्षा मार्फत किशोरीहरूमा आइरनयुक्त खानाको सेवन गर्ने व्यवहारमा सुधार ल्याउने उद्धेश्य कार्यक्रमले लिएको पुर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयो ।

नेपाल सरकारको सशक्र्त अनुदान तर्फको कार्यक्रमबाट दुई चरणमा कार्यक्रम हुने भएको हो । पहिलो चरणमा माघ, फागुण र चैत्र र दोस्रो चरणमा साउन, भदौ र असोजमा हुने स्वास्थ्य कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो ।
यस कार्यक्रमले १० देखि १९ वर्ष उमेर समूहका सबै किशोरीहरू सार्वजनिक तथा निजी विद्यालय जाने र विद्यालय नजाने गरि दुई लक्षित वर्गमा निर्धारण गरि विद्यालय जानेलाई विद्यालयबाट र विद्यालय नजाने किशोरीहरुलाई महिला स्वास्थ्य स्वयम सेविकाहरु र स्वास्थ्य संस्था मार्फत खुवाइने छ । बिद्यालय नजाने किशोरीहरुको लागी महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम बेस नेपाल सुआहारा कार्यक्रम सगँ समन्वय गरि सन्चालन भएको कुरा सुआहारा कार्यक्रमका फिल्ड संयोजक दिनेश घिमिरेले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना