बहादुरपुर स्वास्थ्य चौकीमा बन्ध्याकरण तथा परिवार नियोजन शिविर

बहादुरपुर स्वास्थ्य चौकीमा बन्ध्याकरण तथा परिवार नियोजन शिविर

गजेन्द्र पन्थी

जिल्ला स्वास्थ्य कार्यालय, पाल्पा तथा नेपाल परिवार नियोजन संघको सहयोग र माथागढी गाउँपालिकाको संयोजनमा माथागढी-८ काे,बहादुरपुर स्वास्थ्य चौकीमा एक दिने स्थायी बन्ध्याकरण तथा एकीकृत परिवार नियोजन शिविर सम्पन्न भएको छ।

 शिविरमा सन्तानका रहर पुगेका पुरुष सेवाग्राहीहरुले स्थायी विधि भ्यासेक्टोमी र महिलाहरुले लामो अवधिको साधन इम्प्लान्ट तथा आई.यु.सि.डि. लगाएकाे जानकारी माथागढी गाउँपालिकाका स्वास्थ्य प्रमुख केशव जि.सिले दिनुभयो। सोही शिविरमा ५ जना पुरुषहरुले भ्यासेक्टोमी र २३ जना महिलाहरुले इम्प्लान्ट सेवा लिएको जानकारी  गराइएकाे छ।   सेवा लिएका सेवाग्राहीहरुले  आफ्नै वडामा रहेकाे स्वास्थ्य चाैकीबाट परिवार नियाेजन सम्बन्धी सेवा लिन पाउँदा खुशी भएकाे बताएका छन्  । 

शिविर कार्यक्रममा माथागढी गाउँपालिका वार्ड नं- ८ का वडा अध्यक्ष डिल बहादुर ढेगाले सन्तानका रहर पुगेका पुरुषहरु र जन्मान्तर कायम राख्न चाहाने महिलाहरुका लागि गाउँपालिकाले पहल गरि याे कार्यक्रम ल्याएकाे बताउनु भयाे ।शि‍विरमा  स्वास्थ्य चौकीका कर्मचारीहरु, ,स्वास्थ्य कार्यालय पाल्पा,नेपाल परिवार नियोजन संघ पाल्पा ,महिला स्वास्थ्य स्वयंसेवीकाहरुले सहयाेग गर्नुभएकाे थियाे । 

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना