संसद बिउँतन्छ, भयंकर हुनेवाला छः पूर्वमन्त्री घनश्याम भुषाल

संसद बिउँतन्छ, भयंकर हुनेवाला छः पूर्वमन्त्री घनश्याम भुषाल

पाल्पा, फागुन ८
नेपाल कम्प्युनिष्ट पार्टीको सिद्धान्त र नेतृत्वको विचार फरक हुँदा समस्या जटिल बनेको प्रचण्ड–माधव नेपाल समूहका नेताहरुले बताएका छन् । उनीहरुले महाधिवेशनमा अध्यक्ष चयन हुँदा नै नेतृत्व फरक विचार र सिद्धान्तबाट प्रेरित हुँदा अहिले नेकपा विभाजन भएको बताएका हुन् ।

नेकपा प्रचण्ड–माधव समूहका नेताहरुले संसद पूनस्र्थापना नभए देशमा अस्थिरता उत्पन्न भई विद्रोह हुने समेत पूर्वसंकेत गरेका छन् । शनिबार पाल्पाको तानसेनमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा नेताहरुले देशमा संसद पूनस्र्थापना हुने कुरा विश्वस्त रहेको बताउँदै संसद पूनस्र्थापना नभए देशमा आगो बल्ने बताएका हुन् ।
पूर्व कृषिमन्त्री घनश्याम भुषालले देशमा ओलीको अहंताका कारण देशमा ठूलो भयंकर स्थिती निम्तन सक्ने बताए । उनी भन्छन्, ‘हरेक जात, हरेक क्षेत्र, हरेक ठाउँ त्यो द्धन्द्धमा फस्ने ठाउँलाई सदर गरेको ठहरिनेछ यदि संसद पूनस्र्थापना नभएमा । ओलीको बाटोबाट त्यहाँ पुगिनेहो, तर स्थिती त्यस्तो छैन । न्यायाधिशहरुले पनि कहिलेकाँही के भनेर निर्णय गर्छन् भने हाम्रो हो निर्णय भयो भने मुलुकमा के हुन्छ ? समस्या ठूलो हुने र राष्ट्रलाई नोक्सान हुन्छ की ? भन्ने कुरा न्यायाधीशहरुले विचार गर्छन् ।’ उनले संसद पूनस्र्थापना हुने कुरामा विश्वस्त रहेको बताउँदै संसद पुनस्र्थापना नभए देशमा हिंसात्मक अवस्था सिर्जना हुने दोहो¥याए ।
नेकपा प्रचण्ड–माधव समूहका लुम्बिनी प्रदेश इन्चार्च युवराज ज्ञवालीले दुनियाँ बदल्छु भनेर हिँड्नेहरु नै आफू बदलिन नसक्दा समस्या निम्तिएको बताए । उनी भन्छन्, ‘नेता, नेतृत्व र पार्टी एकअर्कोका परिपूरक सिद्धान्तको रुपमा रहेको हुन्छ । तर सिद्धान्त अनुसारको पार्टी नेतृत्व चयन हुन सकेन । आफू बदलिन नसक्ने र अरुलाई बदल्छु भन्दै हिड्न मुर्खता हो ।’
पूर्व सभामुख ओनसरी घर्तीले केपी शर्मा ओलीले दम्भका कारण देशमा भएको ठूलो परिवर्तनलाई संस्थागत गर्न नसकिएको बताईन् । उनले देशलाई अप्ठ्यारोमा पारेर मनमानी गर्ने ओलीवाद एक दिन सकिने बताईन् ।
जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै विभिन्न प्रचण्ड–माधव समूहका नेताहरुले विश्वमा नभएको कम्युनिष्टको खोल ओडेर ओलीले नेकपाको मूल सिद्धान्तलाई नै खलबल्याएको औल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना