बालुवाको ढिस्कोले पुरीएर पूर्वखाेलामा दुई महिलाको मृत्यु

बालुवाको ढिस्कोले पुरीएर पूर्वखाेलामा दुई महिलाको मृत्यु

पाल्पा, फागुन ८
बालुवाको ढिस्कोले पुरिएर पूर्वखोला गाउँपालिका–४ छेबकुनमा बालुवा खानीमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया पवित्रा सारू र ३६ वर्षीया माया देवी सिंह छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार बालुवा खन्नेक्रममा शनिबार दिउँसो माथिबाट खसेको ढिस्कोले पुरिएर उनीहरुको मृत्यु भएको हो ।
पवित्राको घटनास्थलमा र मायाको उपचारका लागि लैजानेक्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना