त्रिभुवन बहुमुखी क्याम्पसद्दारा विद्यार्थीहरूलाइ छात्रवृत्ति वितरण

त्रिभुवन बहुमुखी क्याम्पसद्दारा विद्यार्थीहरूलाइ छात्रवृत्ति वितरण

विदेशीले नेपालीलाइ मगन्ते हैसियतकाे व्यवहार गर्छन्ः पूर्वमन्त्री पाण्डे

पाल्पा, फागुन ४

माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएकाे छ । पश्चिम नेपालकाे शैक्षिक धराेहर त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पामा पनि सरस्वती पुजन र छात्रवृत्ति वितरण गरिएकाे छ ।

ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ। पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो । यसै समयदेखि वसन्तराग गाउन थालियो। संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ।

विद्यार्थीहरूलाइ छात्रवृत्ति प्रदान गर्दै पूर्व उद्याेगमन्त्री हरि प्रसाद पाण्डेले विदेशीले नेपालीलाइ गरिब हैसियतकाे व्यवहार गर्ने गरेकाे बताए । उनी भन्छन्, म संसारमा नेपाली हुँ त्यसैले म गरिब छु, तर म धनी छु । जुन बेलासम्म नेपाल गरिब रहन्छ, हामी गरिब नै हाैं । अरू देशले नेपाल र नेपालीलाइ बाहिर जाँदा मानमर्दन गर्छन्, हामी गरिब, भीखमागा, मगन्ते, बेइमान, हुतिहारा हाैं, किनकी विदेशीले त्यही हामीलाइ व्यवहार गर्छन् । अब हामी धनी बन्नुपर्छ ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाइ सम्मान गर्दै क्याम्पस प्रमुख टंक भट्टराइले विद्याकी देवी सरस्वतीमाताले विद्या, बुद्धि र सौभाग्य प्रदान गर्ने भन्दै लगनशील भएर अध्ययन गर्न विद्यार्थीहरूलाइ सुझाए । उनले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले गरिब तथा जेहेन्दार विद्यार्थीलाइ सदैव छात्रवृत्ति प्रदान गर्ने बताए ।

कार्यक्रममा विभिन्न संकायमा अध्ययनरत १८ जना विद्यार्थी, पूर्व प्राध्यापक अति उल्लाह खाँ तथा कर्मचारी माेहनसिंह दर्लामीलाइ सम्मान गरिएकाे थियाे । कार्यक्रममा प्राध्यापक संघका अध्यक्ष निर्दाेष खनाख, पूर्व क्याम्पस प्रमख सन्ताेषलाल श्रेष्ठ, पूर्व प्राध्यापक अति उल्लाख खाँ, स्ववियु सभापति हरिबाेल भट्टराइ र सम्मानित विद्यार्थी पुरख पाेखरेलले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रम विद्यार्थी कल्याण प्रमुख पुष्कर अाचार्यकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

साेही अवसरमा कविता लेखन प्रतियाेगिताका विजेताहरूलाइ सम्मान समेत गरिएकाे थियाे ।आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ। सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ।

श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना