नेपाली काङ्ग्रेस पाल्पाद्धारा बिशाल बिरोध सभा आयोजना

नेपाली काङ्ग्रेस पाल्पाद्धारा  बिशाल बिरोध सभा आयोजना

पाल्पा, फागुन ३

नेपाली काङ्ग्रेस पाल्पाले केपी शर्मा सरकारले गरेको संसद विघटनको बिरुद्धमा सोमबार पाल्पा सदरमुकाम तानसेनमा बिशाल बिरोध सभा सम्पन्न गरेको छ ।

तानसेनको टुडिखेनबाट सुरु भएको र्याली नारायण स्थान,मखनटोल,सिल्खानटोल, हुँदै बिपि चोकमा गएर सभामा परिणत भएको थियो । काङ्ग्रेसको केन्द्रिय कार्यक्रम अनुसार ७७ वटै जिल्लामा कार्यक्रम गरेको हो ।

बिरोध सभामा संविधान सभा सदस्य काङ्ग्रेस केन्द्रिय सदस्य हरिप्रसाद नेपालले काङ्ग्रेसको कारणले नभै कम्युनिस्टकै कारण सडकमा आउनुपरेको बताउनुभयो । कम्युनिस्ट पार्टी मिलेकै थिएन तसर्थ त्यो कम्युनिस्टहरु फुटेको बताउनुभयो । उहाँले सरकार कोरोना संक्रमणको अबस्थामा पनि भ्रष्टाचारमा लागेको बताउनुभयो । नेपालले अदालतले न्याय नदिए जनताले ठेगान लगाउने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बद्री पाण्डेले राणाले न्याय गरेको तानसेन कम्युनिस्टले लगातार चुनाव जित्दा झन पछाडि परेको बताउनुभयो । उहाँले कम्युनिस्टले सिद्धाबाबाको बाटो देखाउदै चुनाव जित्ने तर काम नगरेको भन्दै अब त्यो जिम्मेवारी काङ्ग्रेसले लिने बताउनुभयो । पाल्पा र तानसेन पछि पर्नुमा कम्युनिस्टको ठूलो हात रहेको बताउनुभयो ।

कम्युनिस्टले पाल्पा दरबार भत्काए उनिहरु बिगार्न मात्र जानेको बताउनुभयो । उहाले त्यति बेला कम्युनिस्ट मिल्नु भनेको तरबार र घ्यू बेचुवा मिल्नु जस्तै रहेको घारणा राख्नुभयो । केन्द्रिय सदस्य पान्डेले भन्नूभयो “अबको १५ बर्षमा कि कम्युनिस्ट सकिन्छ्न कि सुदृन्छ्न ।” केन्द्रिय सदस्य पाण्डेले काग्रेसकै पालामा संबिधान बनेको र काग्रेसकै पालामा तीनै तहका चुनाव सम्पन्न भएको बताउदै कम्युनिष्टबाट देश झन पछाडी जाने बताउनुभयो ।


नेपाली काग्रेस पाल्पाका सभपती बीर बहादुर रानाको सभापतीत्वमा सभा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना