रामपुरमा प्रमुख प्रशासकिय अधिकृत नागिलालाई स्वागत

रामपुरमा प्रमुख प्रशासकिय अधिकृत नागिलालाई स्वागत

सुशीला रेग्मी
रामपुर (पाल्पा), फागुन ३
पाल्पाको रामपुर नगरपालिकामा नयाँ आउनुभएका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलालाई स्वागत गरिएको छ । नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा एक कार्यक्रम गरी नयाँ आउनु भएका प्रमुख प्रशासकिय अधिकृत नागिलालाई स्वागत गरिएको हो । रामपुर नगरपालिकामा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकिय अधिकृत नागिलाले कर्मचारी र जनप्रतिनिधि संयन्त्र मिलेर काम गर्ने बताउँदै उहाँले नागरिकलाई मुस्कान सहितको सेवा र रामपुर नगरको विकासमा आफुले जोड दिने बताउनुभयो ।
नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको स्वागत कार्यक्रमको संचालन निमिक्त प्रमुख प्रशासकिय अधिकृत रामहरी पाण्डेयले गर्नुभएको हो । कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपानेले नयाँ आउनुभएका प्रमुख प्रशासकिय अधिकृत नागिलालाई रामपुरको परिवेश सन्दर्भमा जानकारी गराउँदै स्वागत गर्नुभयो । नगर प्रमुख थापाले नयाँ आउनुभएका प्रमुख प्रशासकिय अधिकृत नागिलालाई स्वागत गर्दै रामपुर नगरले गरेका गतिबिधि जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना