पाल्पा व्यापार संघको अध्यक्षमा पोखरेल निर्वाचित

पाल्पा व्यापार संघको अध्यक्षमा पोखरेल निर्वाचित

पाल्पा व्यापार संघको अध्यक्षमा पुनः चिरञ्जीवी पोखरेल निर्वाचत भएका छन् । दोस्रो साधारणसभा तथा अधिवेशनले चिरञ्जीवी पोखरेललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हाे । यस्तै प्रथम उपाध्यक्षमा थानेश्वर गैरे, दोस्रो उपाध्यक्षमा विष्णुबहादुर कार्की, सचिव पर्शुराम पौड्याल, कोषाध्यक्ष विष्णुप्रसाद खनाल र सहसचिव उमादेवी अर्याललाई निर्वाचित गरेको छ ।

सदस्यमा रुपा अधिकारी, नारायण बस्याल, रुक्मागत बस्याल, सितम भण्डारी, कमल ढकाल, कलाम अलिमिया, लक्ष्मण गौतम, सपना शाही निर्वाचित भएका छन् ।
त्यस्तै, बालकृष्ण भण्डारी, शोभाकर पोखरेल, हिमलाल पंगेनी, सन्तोष अर्याल, सावित्रा पाण्डेय, पुरुषोत्तम गैरे, गोविन्द खनाल, पशुपति बस्याल, युवराज श्रेष्ठ, खिमप्रसाद नेपाल, दानबहादुर कुँवर, महेश बराल, लक्ष्मण बराल सदस्यमा निर्वाचत भएका छन् ।

दोस्रो कार्यकालका लागि शुक्रबार तानसेनमा नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरुको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । संघका सर्वसम्मत निर्वाचित अध्यक्ष पोखरेल सहितका पदाधिकारीहरुलाई पदस्थापना तथा सपथ गराइएको निर्वाचन समितिका संयोजक विनोद कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना