सिद्दार्थ राजमार्गकाे आर्यभञ्याङ सडकखण्डमा हिड्दाहिँड्दै पल्सर बाइकमा आगाेलागी भएकाे छ । वगनाशकाली गाउँपालिका ३, आर्यभञ्याङमा लु १३ प ४५२ नम्बरकाे माेटरसाइकलमा आगलागी भएकाे प्रहरी चाैकी आर्यभञ्याङले जनाएकाे छ ।
दुइ जना सवार रहेकाे माेटरसाइकल जलेर पूर्ण रूपमा नष्ट भएकाे छ । माेटरसाइकलमा सवार दुवैजना सकुशल रहेका छन् । आर्यभञ्याङ पेट्राेलपम्ममा पेट्राेल भरेर हिड्दाहिड्दै बाइकमा आगाे लागेकाे चालक रूपन सारूले सेराेफेराेलाइ बताए । बाइकमा आगाेलागेपछि प्रहरी चाैकी आर्यभञ्याङका प्रहरीले आगाे निभाएका थिए ।
तानसेनबाट पिपलडाँडातर्फ गैरहेकाे बाइकमा वगनाशकाली गाउँपालिका ३, आर्यभञ्याङमा आगाे लागेकाे थियाे । आगलागीकाे कारण भने खुल्न सकेकाे छैन ।