जिल्ला स्तरीय स्वास्थ्यको अर्धवार्षिक समिक्षा गोष्ठि सुभारम्भ

जिल्ला स्तरीय स्वास्थ्यको अर्धवार्षिक समिक्षा गोष्ठि सुभारम्भ

दिनेश घिमिरे

पाल्पा माघ २८

पाल्पा जिल्लाको स्वास्थ्य कायालर्यको तालिम हलमा स्वास्थ्यको जिल्ला स्तरीय दुई दिने अर्धबार्षिक प्रगति समिक्षा गोष्ठि स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा सुभारम्भ भएको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख विश्वनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा सन्चालन भईरहेको कार्यक्रममा सबै नगरपालिका तथा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुखहरु, बेस नेपाल, सुआहारा दोस्रो कार्यक्रम, पाल्पा जिल्ला अस्पताल, रामपुर अस्पताल, मिसन हस्पिटल, लुम्विनि मेडिकल कलेज, परिवार नियोजन सघंको उपस्थितिमा सन्चालन भईरहेको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका परिवार नियोजन अधिकृत प्रभास पन्थिले कार्यक्रम सन्चालन गर्नुभएको थियो । उद्धघाटन सत्रमा स्वागत र उद्धेश्य राख्दै न्यौपानेले अघिल्लो आर्थिक बर्ष र यस ६ महिनामा भएको स्वास्थ्यका सुचकहरुको अवस्था र प्रगतिको बारेमा बृहद छलफल र प्रस्तुतिकरण हुने जानकारी गराउनु भयो ।

यस्तो प्रकारको छलफल र अन्र्तक्रियाहरुले एक पालिकामा भएको राम्रा कामको अर्को पालिकाको लागी अनुभव आदान प्रदान हुने र कमजोर पक्षहरु सुधार गर्न सकिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना