निस्दीमा जेसीबी दुर्घटना हुँदा १ घाइते

निस्दीमा जेसीबी दुर्घटना हुँदा १ घाइते

निस्दी गाउँपालिका ६, अर्चकाे चिदियामा जेसीबी मेसिन दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बाटो सफा गर्ने क्रममा जेसीबी सडक देखि करीब २० मिटर तल खसेको बताइएकाे छ ।

लु १ क २१९५ नम्बरको जेसीबी दुर्घटना भएको प्रहरी चौकी जब्कादीले जनाएकाे छ । अमृत कन्ट्रकसन तानसेनकाे जेसिबी दुर्घटनामा निस्दी-६, का ६२ वर्षीय श्याम बहादुर बयम्बु घाइते भएका हुन् ।

मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष बयम्बुकाे प्राथमिक उपचार पश्चात् घरमा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना