कालिगण्डकीकाे पानी पिउनयाेग्य बनाएर तानसेनका घरघरमा !

कालिगण्डकीकाे पानी पिउनयाेग्य बनाएर तानसेनका घरघरमा !

तानसेन नगरपालिकाका जनतालाई यसै वर्ष २४ सै घण्टा घरघरमा खानेपानीको सुविधा उपलब्ध गराउन कालीगण्डकी लिफ्ट खानेपानी योजना अन्तिम चरणमा पुगेकाे छ । कालीगण्डकी लिफ्टबाट दैनिक १८ घण्टा पम्प सञ्चालन गर्दा २४ लाख लिटर पानी तानसेनको बतासेडाँडामा आउने गरि काम सम्पन्न हुने अवस्थामा पुगेकाे छ ।

तानसेनमा भुल्के, सिस्ने, तीनधारा र होलाङ्दीबाट लिफ्ट गरी खानेपानी वितरण हुँदै आएकाेमा केहि दिनभित्रै कालीगण्डकीको लिफ्ट खानेपानी योजना थपिएपछि कालिगण्डकीकाे पानी थपिएपछि तानसेनबासीकाे समस्या समाधान हुने बताइएकाे छ । कालिगण्डकीकाे पानी पिउनयाेग्य बनाएर तानसेनका ट्यांकीमा जम्मा गरेर तानसेनबासीकाे घरघरमा पुग्ने गरि व्यवस्थापनकाे कार्य भैरहेकाे छ ।

ताेकिएकाे समयभन्दा दुई वर्ष ढिलो गरी आयोजनाको पानी ५ लिफ्ट गरी तानसेनमा खस्ने भएको हो । २०७५ साल मंसिर ५ गते १८ महिनामा सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरू भएकाे थियाे । तानसेन खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख दिवाकर अर्याले माघ महिना भित्रमा तानसेनमा कालिगण्डकीमा पानी अाउने बताउनुभयाे ।

कालीगण्डकीदेखि बौघागुम्वासम्म पानी लिफ्ट हुने छ भने बौघागुम्वाबाट तानसेनको मुख्य ट्याड्ढी बतासेसम्म ग्राविटी फलोबाट पानी ल्याईने छ । कालीगण्डकी नजिक इनार ‘कलेक्टर वेल’ देखि तानसेनको मुख्य ट्यांकीसम्म ८ ईञ्चको १० किलोमिटर पाइप बिछ्याइएको छ । प्रतिसेकेण्ड ४० लिटर पानी बतासेको ट्याङ्कीमा झर्ने आयोजनाको लक्ष्य छ ।

कालीगण्डकी लिफ्ट खानेपानी आयोजना सञ्चालनपछि अबको १० बर्ष सम्म तानसेनमा पानीको समस्या पूर्ण रुपमा हट्ने तानसेन उपभोक्ता समितिका कार्यवहाक अध्यक्ष डा. पुरनमान बज्राचार्यले बताउनुभयो ।

तानसेन बजारमा दैनिक २५ लाख लिटर पानीको आवश्यकता भएपनि अहिले दैनिक रुपमा ७ /८ लाख लिटर पानी मात्र वितरण हुँदै आएको छ । कालीगण्डकी लिफ्ट आयोजना पुरा भएपछि दैनिक १८ लाख लिटर पानी थप हुनेछ ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना