काेइरालाकाे छैठौं स्मृति दिवसमा श्रमिक सम्मान कार्यक्रम

काेइरालाकाे छैठौं स्मृति दिवसमा श्रमिक सम्मान कार्यक्रम

कपिल देवकाेटा, तानसेन

नेपाली काङ्ग्रेसका पूर्व सभापति स्व. सुशील काेइरालाकाे छैठौं स्मृति दिवसमा श्रमिक सम्मान कार्यक्रम गरिएकाे छ । पूर्व प्रधानमन्त्री तथा संविधानका पिता सुशील काेइरालाकाे सम्झनामा साेसलिष्ट युथ सर्कल जिल्ला कार्यसमिति पाल्पाले सम्मान कार्यक्रम गरेकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पाल्पाका सभापति तथा लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाले स्व काेइराला सादा जीवन उच्च विचारको ब्यक्ति भएकाे र उहाँकै नेतृत्वमा संविधान जारी भएकाे साथै उक्त संविधान विपरीत केपि अाेलीले संसद विगठन गरि संविधान संकटमा परेको कुरा ब्यक्त गर्नु भयाे । कार्यक्रममा माधव नेपाल, सुरेश बाेहाेरा, हरिबाेल भट्टराई, माेति लाल भण्डारी, पत्रकार सन्तोष गहतराज लगायतले अाफ्नाे भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा श्रमिकहरूलाइ मास्क, खादा तथा ढाका टाेपिले सम्मान गरिएको थियोे । जिल्ला उपाध्यक्ष विपना रानाले स्वागत गर्नुभएको कार्यक्रमकाे संचालन विवेक भट्टराईले गर्नुभएको थियो , कार्यक्रम जिल्ला अध्यक्ष युवराज चन्द ठकुरीको अध्यक्ष्ातामा सम्पन्न भएकाे थियोे ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना