रामपुरमा पन्ध्र शैयाको आयुर्वेद अस्पताल निर्माण सुरु

रामपुरमा पन्ध्र शैयाको आयुर्वेद अस्पताल निर्माण सुरु

–सुशीला रेग्मी
रामपुर (पाल्पा), २६ माघ

आयुर्वेद औषधी उपचार सेवालाई बिस्तार गर्न पाल्पाको रामपुर नगरपालिकामा पन्ध्र शैयाको आयुर्वेद तथा प्राकृतिक अस्पताल निर्माण कार्य सुरु भएको छ । अहिले नयाँ बन्ने भवनको काम धमाधम भइरहेको छ ।
संघीय सरकारको भवन निर्माण अन्र्तगत रु १० करोड ४८ लाख ७९ हजार ५०० को लागतमा नयाँ भवन निर्माण कार्य थालनी गरिएको हो । रामपुर नगरपालिकाको वडा नं ५ मा रहेको आयुर्वेद औषधालयलाई स्तरोन्नती गरी सोही ठाउँमा पन्ध्र शैयाको भवन निर्माण कार्य सुरु गरिएको हो ।
नयाँ बन्ने भवन निर्माण गर्न शिवशक्ति कन्ट्रक्सन प्रालीमार्फत २०७६ पुष २५ गते सम्झौता गरिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको कारण जारी बन्दाबन्दीले निर्माण कार्य सम्भmौता भएलगत्तै अगाडी बढ्न सकेन । कोरोनाको कहर कम हुदै गएपछि निर्माणजन्य सामग्री खरिद गरी अहिले काम भइरहेको छ ।
बाह« रोपनी आठ आना जग्गामा निर्माण हुदै गरेको नयाँ बन्ने भवनको जग खन्ने काम भने अघिल्लो आर्थिक वर्षमा नै सम्पन्न गरिएको थियो । यस आर्थिक वर्षमा भवन निर्माणको काम सुरु भएको छ ।
आगामी २०७८ भदौ २४ गते भित्रमा सम्पन्न हुने गरी निर्माण कम्पनी संग सम्झौता भई काम अगाडी बढेको रामपुर आयुर्वेद शाखा संयोजक तथा औषधालयका प्रमुख कविराज चेमप्रकाश पोखरेलले जानकारी दिए ।
आयुर्वेद अस्पतालमा नवौँ तह सम्मका डाक्टरको दरबन्दी रहनेछ । जसमा डाक्टर, कविराज, बैध, प्राबिधिक, कार्यालय सहयोगी लगायतका नेपाल सरकारले मापदण्ड गरेका कर्मचारीबाट सेवा दिइनेछ ।
पाल्पामा छ वटा आयुर्वेद औषधालयका शाखा र एक सदरमुकाम तानसेनमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् । जसअन्र्तगत रामपुर नगरपालिका भित्र दुई वटा रामपुर आयुर्वेद र गाँडाकोट आयुर्वेद औषधालय, रैनादेवी छहरा, रिब्दिकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा एक÷एक वटा रहेका छन् ।
औषधालयमा कविराज र बैध एक÷एक, प्राबिधिक दुई, कार्यालय सहयोगी दुई कर्मचारीको दरबन्दी छ । आयुर्वेदक तथा प्राकृतिक अस्पतालबाट ईमर्जेन्सी, एक्सरे, ल्याव लगायतका सेवा संचालन हुनेछ ।
औषधालयमा ओपिडि, जनरल, स्तनपायी आमा सेवा कार्यक्रम, ज्येष्ठ नागरिक लगायतका सेवा प्रवाह भइरहेको छ । पछिल्लो समय आयुर्वेद औषधी उपचरमा नागरिकको चाप बढ्दै गएको पाइएको छ ।
आयुर्वेद औषधीको सेवनले गानोगोला, ग्याष्ट्रिक, पेट दुख्ने, खाना खान रुची नहुने जस्ता समस्यालाई निको पार्ने भएकाले नियमित आयुर्वेद औषधी सेवन गर्दै आइरहेको जुना जिसी बताउनुहुन्छ । अहिले कोरोनाले गर्दा आयुर्वेद औषधी सेवन गर्ने धेरै रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना