पाल्पामा दुई महिला मृत अवस्थामा फेला

पाल्पामा दुई महिला मृत अवस्थामा फेला

पाल्पा, २३ माघ । माथागढी र पुर्वखोला गाउँपालिकामा गरी दुई जना महिला मृत् अवस्थामा फेला परेका छन् ।

माथागढी गाउँपालिका वडा नं २ रुप्सेस्थित सिप्लिकान सामुदायिक वनमा सडि खेलेको अवस्थामा आज बिहान ९ बजेको समयमा एक महिला मृत अवस्था फेला परेको प्रहरीले बताएको छ ।

मृत अवस्थामा भेटिने महिला तानसेन नगरपालिका वडा नं ८ बस्ने ७७ वर्षीय हिरा कुमारी चिदि रहेकी र ती महिला पुस ४ गते देखि हराएको भन्ने बुझिन आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

त्यसै गरी आज विहान ९:३० बजे पुर्वखोला गाउँपालिका वडा नं ४ देविनगर बस्ने ६४ वर्षीय सिरा दर्लामि आफ्नै घरको काठको भर्याङमा आफुले लगाउने पटुकाको पासो लगाई झुण्डीएर मृत अवस्थामा फेला परेकी छन् ।

दुबै घटनाका सम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना