यस्ताे छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्ताे छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २३ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूर पश्चिम प्रदेशकर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश न १ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा हुने संभाबना छ  देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना समेत रहेको छ ।

राती:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै स्थानहरु तथा प्रदेश न १ का केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

माघ २४ गते (शनिबार)

दिउँसो : सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश  का धरै थानहरु तथा प्रदेश २बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ  देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

राती:  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिक देखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरु साथै गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ भने प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।


माघ २५ गते (आइतबार)

दिउँसो :  देशका पहाडी भूभागहरुका आंशिक वदली रही वाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती:  प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

स्राेतः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना