तानसेन ४ का वडाध्यक्ष राजेन्द्रमुनी शाक्यकाे निधन

तानसेन ४ का वडाध्यक्ष राजेन्द्रमुनी शाक्यकाे निधन

तानसेन नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राजेन्द्रमुनी शाक्यकाे निधन भएकाे छ । मृगौला सम्बन्धी समस्या भएर उपचारमा रहेका शाक्यकाे साेमबार दिउँसाे उपचारकै क्रममा निधन भएकाे परिवारिक श्राेतले जनाएकाे छ ।

वडाध्यक्ष शाक्यकाे उपचारका क्रममा बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा निधन भएको हाे । ६० वर्षीय शाक्य लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित भएकाे तानसेन ४ का निमित्त वडाध्यक्ष गणेश थापाले बताए । शाक्यकाे शव तानसेन घरमा ल्याइदै छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । २०१७ माघ २३ गते जन्मिएका शाक्यकाे १ छाेरा र १ छाेरी छन् । मंगलबार बिहान श्रद्दाञ्जलीका शव तानसेन नगरपालिकामा राखिने बताइएकाे छ । शाक्यकाे शव बाैद्दिक परम्परा अनुसार अन्त्येष्टी गरिने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना