वगनाशकाली पत्रकार समूहकाे अध्यक्षमा दिपक ढुङ्गाना

वगनाशकाली पत्रकार समूहकाे अध्यक्षमा दिपक ढुङ्गाना

बगनासकाली पत्रकार समूहको अध्यक्षमा दिपक ढुंगाना निर्वाचित भएका छन् । समूहकाे उपाध्यक्षमा भोजराज तिमिल्सेना, सचिवमा बिष्णु घिमिरे, सहसचिव नेत्र गैरे र कोषाध्यक्षमा कमल अधिकारी चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा दयाराज न्याैपाने, गीता रेग्मी, सुमन गैरे, रनबहादुर कुमाल, तुलबहादुर गाहा र किरण रसाइली चयन हुनुभएकाे छ ।

कार्यक्रमकाे उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले दुरदराजमा रहेका नागरिकहरुको दुख, पीडा र समस्याका बारेमा पत्रकारहरको कलम चलाउनुपर्नेमा जाेड दिनुभयाे । उहाँले कोभिड १९ को दुखद परिस्थितिमा पत्रकारहरुको सीप विकासका लागि छुट्याएको रकम कोभिडको व्यवस्थापनमा हस्तान्तरण गरिनु सह्राहनिय काम भएको खर्च गरेकाे बताउनुभयो । बस्यालले समूहले गर्ने कार्यक्रमको लागि कार्यविधि बनाएरै बजेट व्यवस्थापन गर्ने समेत बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले पत्रकारहरु गाउँपालिकाको भौतिक, शैक्षिक तथा पर्यटकिय अवस्थाको जानकार भएकाले योजना छनौट देखि बजेट व्यवस्थापन सम्म सहजीकरण गर्न सघाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्व अध्यक्ष गोविन्द भट्टराईले पत्रकारहरू निष्पक्ष भएर स्थानीय तहका हरेक राम्रा कामहरुको रिपोर्टिङ गर्दै सकारात्मक तथा सुधार गर्नुपर्ने विषयको उठान गर्नुपर्ने बताउनुभयो । महासंघकै अर्का पूर्व अध्यक्ष झपेन्द्र गहिरेले स्थानीय तहहरुका कामहरुको प्रचारप्रसार गर्न र नागरिक माझ पुर्याउन समूह सहयोगी बनेको र जुनसुकै अवस्थामा पत्रकार सरकारको प्रतिपक्ष मात्र नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना