‘जे गरे नि चल्छ नेपालमा’ बजारमा

‘जे गरे नि चल्छ नेपालमा’ बजारमा

सन्तोष बस्याल
पाल्पा १० माघ
कमल भट्टराइ र ममता कोइरालाको देश भक्ती गित ‘जे गरे नि चल्छ नेपालमा’ बजारमा आएको छ । देशको समसामायिक अबस्थालाइ चित्रण गरिएको गितमा नेताहरुको कार्य शैली, देशले भोग्नु परेको समस्या र जनताका पिडालाइ चित्रित गरिएको छ ।
कमल भट्टराईको शब्द÷संगित रहेको गितको भिडियोलाइ पाल्पामा छायांकन गरिएको छ । गायक स्वयम भट्टराई र गायिका ममताका अलावा भिडियोमा आयाम कार्की, सोम आले, लेखनाथ ढकाल लगाएतका कलाकारलाई देख्न सकिन्छ । केवल माया प्रेममा आधारित गित मात्र बजारमा आइरहेको अबस्थामा फरक शैलीको देश भक्ती गित गाउन पाउदा आफुलाई धेरै खुसी लागेको र गितले सचेतनात्मक सन्देश दिने गायिका कोइरालाले बताइन । माया प्रेम केन्द्रित गित भन्दा देश भक्ती र जनताका गित गाउदा फरक अनुभव र सन्तुष्टी मिल्ने उनको भनाइ छ ।
लामो समय देखी गित संगितका हरेक क्षेत्रमा क्रियाशिल भट्टराईले देशको अहिलेको अबस्थाले युवा पुस्तामा नकारात्मक असर पुगेकोले आफुहरुले फरक शैलीको गित प्रस्तुत गरेको बताए । ब्यावशायिक गितले केवल मनोरञ्जन मात्र दिने तर देश भक्ती गितले सन्देश दिने भएकाले आफुहरुले देश भक्ती गित बजारमा ल्याएको बताए ।
गाएक भट्टराइ र कोइरालाले यस अघी पनी पाल्पा बुटवल सडकका कारण भोग्नु परेको समस्या र त्यस क्षेत्रका जनताले भोग्नु परेको धन जनको क्षतीका बारेमा गित बजारमा ल्याइसकेका छन । यस गितले पनी आफुहरु धेरै आशाबादी रहेको उनीहरु बताउछन ।
गितको भिडियोलाई आयाम कार्कीले निर्देशन गरेका छन भने सन्तोष बस्यालको छायांकन÷सम्पादन रहेको छ । ईन्द्र जि सीको संगित संयोजन रहेको गितको भिडियोलाई आर एम एफ क्रियशनले निर्माण गरेको हो । भर्खरै सार्बजनिक भएको गितको भिडियोलाई धिताल फिल्मसले बजारमा ल्याएको हो ।
भिडियो हेर्न लिंक क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना