तानसेन नगरपालिकाको आठौं नगरसभा सम्पन्न

तानसेन नगरपालिकाको आठौं नगरसभा सम्पन्न

बिष्णु खनाल

पाल्पा माघ ९

तानसेन नगरपालिकाको आठौं नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न हिउँदे अधिवेशनमा विभिन्न ऐन, विधेयक एवम् कार्यविधि पारित सहित सभा सम्पन्न भएको हो ।तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीको अध्यक्षतामा भएको नगरसभाबाट बिभिन्न ऐन कार्यबिधी तथा प्रस्तावहरु पारित भएका हुन ।
चालु आर्थिक वर्षमा स्विकृत कुल बजेट रकम १अर्ब १२ करोड ८९ लाख ६० हजार ७४७ रहेकोमा पुजिगत तर्फ ४६ करोड १४ लाख ३५ हजार ७४७ र चालू तर्फ ६६ करोड ७५ लाख २५ हजार बिनियोजित रहेको छ ।हाल सम्म आय ४५ करोड १६ लाख १४ हजार ३५६ प्राप्त भएकोमा खर्च २५ करोड २५ लाख ३६ हजार ६६१ रहेको छ ।यस खर्चमा पुजिगत तर्फ ८ करोड ८३ लाख ८७ हजार ८३१ र चालू तर्फ १६ करोड ४१ लाख ४८ हजार ८२८ रहेको छ ।
सभामा भनाइ राख्दै बिनिता लुइँटेलले तानसेन ९ को सडक बिबादलाई तत्काल मिलाउन अनुरोध गर्नुभयो त्यस्तै रमेश न्यौपाने बिकासका काममा कुनै पक्ष नभई काम भएको तर चाहाना अनुसार काम नभएको धारणा राख्नुभयो । सभामा उपप्रमुख लक्ष्मिदेबी पाठकले नगरपालिकाको आर्थिक बर्ष ०७७र७८ को प्रशासनिक तथा योजना खर्च बिनियोजन ऐन प्रस्तुत गर्नुभएको थियो ।कार्यपालिका सदस्य सुनिता बैजुले आर्थिक ऐन २०७७को संसोधन प्रस्ताब पेस गर्नुभएको थियो ।
कार्यपालिका सदस्य मैयादेबी घिमिरेले स्थानीय बन बिधेयक प्रस्तुत गर्नुभएको थियो ।त्यस्तै नगरसभा सदस्य दिपक बिश्वकर्माले एफ एम रेडियो संचालन तथा ब्यबस्थापन सम्बन्धि कार्यबिधी २०७७ प्रस्तुत गर्नुभयो । त्यस्तै वडाका योजनाहरु संसोधन प्रस्ताव राम बहादुर रावलले प्रस्तुत गर्नुभएकोमा विभिन्न सुझाब सहित पारित भएको छ । सभामा सभाध्यक्षले केही समसामयिक प्रस्ताबहरु समेत प्रस्तुत गर्नुभएको थियो ।
शुन्य समयमा वडा न १ का नारायण न्यौपाने र वडा न ५ का बिष्णु कार्कीले आफ्नो धारणा राख्नुभएको थियो । सभाध्यक्षले सभामा उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो ।
स्वास्थ्यका कारणले कतिपय वडा अध्यक्ष तथा सदस्यहरु सभामा उपस्तिथि हुन सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना