पोषण कार्यक्रमको समिक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न

पोषण कार्यक्रमको समिक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न


दिनेश घिमिरे

पाल्पा माघ ८


पुर्वखोला गाउँपालिकामा दुई दिने पालिका स्तरीय पोषण कार्यक्रमको समिक्षा तथा कार्ययोजना गोष्ठी यहि माघ ७ मा पुर्वखोला गाउँपालिकाको विरकोट स्वास्थ्य चौकीमा सम्पन्न भयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा , उपाध्यक्ष भागीरथी भट्टराई, वडा अध्यक्षहरु , कार्यपालिका सदस्य, कृषि शाखा, पशु सेवा शाखा, महिला तथा बालबालिका ,शिक्षा शाखा र सवै स्वास्थ्य चौकीका प्रमुख र पोषण फोकल पर्सनको उपस्थितिमा सन्चालन भयो ।

स्वास्थ्य शाखा प्रमुख मोहन ढकालको सन्चालनममा तथा कान्ति चुदालीको स्वागत सगै कार्यक्रम सन्चालन भएको थियो । कार्यक्रमको उद्धेश्य प्रस्तुत गर्दै स्वास्थ्य शाखा प्रमुख ढकालले बालबालिका, किशोरी तथा महिलाहरुको गुणस्तरीय पोषण सेवामा पहुच बृद्धिको लागी समिक्ष्ााँ तथा कार्ययोजना तर्जुमा गर्ने बताउनु भयो । उहाँले शाखाले स्वास्थ्य तथा पोषण सुधारका लागी सबैको सहयोग समन्व्य र सहकार्यमा गर्नुपर्ने नेतृत्वदायी भुमीका खेल्ने पनि बताउनु भयो

२ दिन चलेको कार्यक्रममा बेस नेपाल सुआहारा दोस्रोका फिल्ड संयोजक दिनेश घिमिरे र सुआहाराका स्वास्थ्य तथा पोषण अधिकृत बिनोद पोखरेलले नेपालमा पोषणको वर्तमान अवस्था , जीवनचक्रमा पोषणको महत्व, औचित्य र आवस्यकता, कुपोषण र यसको असर, मातृ, शिशु तथा बाल्यकालीन पोषण र स्वास्थ्य प्रवद्र्धनको लागि अत्यावश्यक पोषण कार्य र सम्पर्क स्थान ,पोषण कार्यक्रम सँग सम्बन्धित रेकर्डिङ रिर्पोटिङ को बारेमा प्रस्तुतिकरण गरि मा देखिएका समस्याहरु र समाधान सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको थियो ।

गोष्ठीको दोस्रो दिन स्वास्थ्य संस्थाको पोषण कार्यक्रमको प्रस्तुतीकरण र छलफल गरि आगामी दिनमा गर्न सकिने कार्यहरुको कार्य योजना निर्माण गरि प्रतिबद्दता पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको समापन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले पोषणको अवस्था सुधार गर्न सकेमा मात्र समग्र पालिका कै भविष्य उज्यालो हुने र आगामी दिनमा पोषण सुधारका लागी स्वास्थ्य तथा अन्य क्षेत्रबाट आएको सकारात्मक कुराहरुलाई सम्बोधन गर्दै स्वास्थ्य तथा पोषण क्षेत्रका क्रियाकलापहरु गर्दै जाने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना