पुर्वखोलामा किशोरीहरुलाई आइरन चक्की वितरणको अभिमुखिकरण कार्यक्रम सम्पन्न

पुर्वखोलामा किशोरीहरुलाई आइरन चक्की वितरणको अभिमुखिकरण कार्यक्रम सम्पन्न


दिनेश घिमिरे
पाल्पा माघ ८


पुर्वखोला गाउँपालिकामा एक दिने स्वास्थ्य सस्था तथा विद्यालयका श्रोत शिक्षकहरुको लागि किशोरीहरुलाई आइरन चक्की वितरण अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो । किशोरीहरुलाई आइरन वितरण कार्यक्रमले आइरनको कमीले हुने रक्तअल्पता’को नियन्त्रण मार्फत किशोरीहरूको पोषण अवस्थामा सुधार ल्याउने किशोरीहरूमा रक्तअल्पता न्यून गर्ने र पोषण शिक्षा मार्फत किशोरीहरूमा आइरनयुक्त खानाको सेवन गर्ने व्यवहारमा सुधार ल्याउने उद्धेश्य यस कार्यक्रमले लिएको कुरा बेस नेपाल सुआहारा कार्यक्रमका फिल्ड संयोजक दिनेश घिमिरेले बताउनु भयो ।

कार्यक्रममा रक्त अल्पताको अवस्था ,यसले पुर्याएको असरको बारेमा र पालिकाले गरेको क्रियाकलापहरुको बारेमा पुर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बोल्दै यस कार्यक्रम नेपाल सरकारको सशक्र्त अनुदान तर्फको कार्यक्रमबाट बेस नेपाल सुआहारा दोस्रो कार्यक्रमको प्राविधिक सहयोगमा गरिएको जानकारी गराउनु भयो । सबै आठ वटा आधारभुत विद्यालय तथा सात वटा माध्यमीक बिद्यालयका शिक्षकहरु, स्वास्थ्य सस्थाको प्रमुखहरुको उपस्थित गराई दुई चरणमा १३ हप्ता खुवाउने (माघ, फागुण, चैत्र) र १३ हप्ता खुवाउने (श्रावण, भदौ, असोज) को शुरु यसै माघ ११ गतेबाट गर्ने शिक्षा शाखा अधिकृत डिल्लीराम ढुंगानाले बताउनु भयो ।


यस कार्यक्रमले १० देखि १९ वर्ष उमेर समूहका सबै किशोरीहरू सार्वजनिक तथा निजी विद्यालय जाने र विद्यालय नजाने गरि दुई लक्षित वग निर्धारण गरि विद्यालय जानेलाई विद्यालयबाट र विद्यालय नजाने किशोरीहरुलाई महिला स्वास्थ्य स्वयम सेवीकाहरु र स्वास्थ्य सस्था मार्फत खुवाइने छ साथै किशोरीहरुलाई आइरन फोलिक एसिडका चक्की खुवाउँदा ध्यान दिनुपर्ने कुराहरु र आइरन फोलिक एसिडका चक्की खाँदा हुनसक्ने सामान्य असरहरुको बारेमा सुआहाराका स्वास्थ्य तथा पोषण अधिकृत बिनोद पोखरेलले सहजीकरण गर्नुभयो ।


समापन कार्यक्रमा बोल्दै गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले यस राष्ट्रिय कार्यक्रममा सबै जिम्मेवार सरोकार निकायहरु मिलेर काम गर्नुपर्ने र गाउँपालिकाले गर्नपर्ने काममा सधै साथसाथमा रहेको बताउनु भयो । वडा सदस्य सदस्य मेयर सिह थापाले स्वास्थ्य र सबैको भुमीकाको स्पष्ट गरी काम गर्नुपर्ने बताउनु भयो । उपाध्यक्ष भागीरथी भट्टराइले किशोरीहरुको लागी यस प्रकारको आइरन तथा फोलिक एसिड चक्कि वितरण कार्यक्रमले रक्तअल्पतामा कमि ल्याई स्वास्थ्य समस्या न्युन गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना