अभिनयमा अब्बल बन्दै संचारकर्मी काफ्ले

अभिनयमा अब्बल बन्दै संचारकर्मी काफ्ले


पाल्पा माघ ७


पाल्पाको तानसेनमा रहेर संचारकर्ममा लागेका दिनेश काफ्लेले म्युजिक भिडियो अभिनयमा आफुलाई अब्बल बनाउदै गएका छन ।काफ्ले पछिल्लो समय गुन नामक लोकदोहोरी गीतमा अभिनय गर्दै अभिनयमा दख्ल रहेको प्रमाणीत गरेका हुन । गुनमा काफ्लेको लय,शब्द लक्ष्मण विश्वकर्मा र धनी गाहाँको स्वर रहेको छ ।
राज राईको निर्देशन रहेको भिडियोमा सञ्चारकर्मी काफ्लेसंगै निता गहतराजले अभिनय गरेका छन् । प्रेम सापकोटा सोनु यु्ट्युब च्यानलमार्फत गीत बजारमा आएको छ । गीतको छायांकन पर्वत आसपासका क्षेत्रहरुमा गरिएको छ ।

यस अधि काफ्लेले पिरतीको नसा,रुपै हेर्ने ऐना, पहिलो माया गुमाए जस्ता गीतमा आफ्नो लय, शब्द तथा स्वर दिइसकेका छन् ।
पर्वत विहादी गाउँपालिका स्थायी घर भएका काफ्लेले तानसेनमा रहि अध्ययनसंगै रेडियो र कलाकारीतामा लागेका छन । काफ्लेले बिगत ४ बर्ष देखि तानसेनलाई कर्मथलो बनाउदै आएका छन ।सानै उमेरबाट स्टेज कार्यक्रममा गीत गाँउदै आएका काफ्ले क्यारिकेचरमा समेत रुचि भएको बताउछन । घर परिवार र साथीहरुको प्रेरणाले गीत संगीतमा लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना