आफैले चलाएको बन्दुककाे गाेली लाग्दा, जल्पामा एक युवकको मृत्यु

आफैले चलाएको बन्दुककाे गाेली लाग्दा, जल्पामा एक युवकको मृत्यु

भरुवा बन्दुककाे गाेली लागेर पूर्वखोला गाउँपालिका २ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारुको मृत्यु भएको छ ।  आफैले चलाएको आफ्नै घरमा रहेको भरुवा बन्दुक चलाउदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार बिहान ३ बजेको समयमा उनका दाजु नरबहादुर सारुले भरुवा बन्दुकको आवाज सुनी भान्सा कोठामा गई हेर्दा भाई वीरबहादुरको ज्यान गइसकेको थियो । मृतक राना मानसिक सन्तुलन ठीक नभएको अविवाहित रहेको जनाइएको छ । उनले १ नाले भरुवा बन्दुक ल्याई आफ्नै घरको भान्सा कोठामा राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ । उनी मंगलबार साँझा घरबाट हिँडेको र बुधबार बिहान एक्कासी भरुवा बन्दुकको आवाज आई भान्सा कोठामा गई हेर्दा मृत अवस्थामा भेटिएको पारिवारिक स्रोतले प्रहरीलाई जानकारी गराएको छ ।

घटनाको थप अनुसन्धान भने भइरहेको प्रहरीले जनाएको छ । अहिले भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना