पुरुषोत्तमकाे ‘रोगै पिरतीको’ सार्वजनिक (भिडियाे)

पुरुषोत्तमकाे ‘रोगै पिरतीको’ सार्वजनिक (भिडियाे)

सन्तोष बस्याल
पाल्पा ६ माघ

माया प्रेमका शब्दलाई केन्द्रलाई राखेर प्रशिद्ध गायक पुरुषोत्तम गैरे र प्रतिभाशाली गायिका पद्मा बस्यालको संयुक्त प्रस्तुती रहेको फरक स्वादको नया गित सार्वजनिक भएको छ । माया प्रेममा केन्द्रित रहेको ‘रोगै पिरतीको’ बोलको गीत डिजिटल बजार मार्फत रिलिज भएको छोटो समयमानै दर्शक तथा स्रोताको रोजाइमा परेको छ ।

बिमल पौडेलको शब्द, गाएक गैरेकै संगित, तथा कृष्ण बि.क.को संगित संयोजनमा तयार भएको उक्त गितलाई सुलभ म्युजिक मार्फत सार्वजनिक गरिएको छ । पछिल्लो समय नेपाली संगित बजारमा नया शैली र नया स्वादका गित संगितले बजार पाइरहेको अबस्थामा यस गितले पनी दर्शक तथा स्रोताको राम्रो प्रतिकृया पाइरहेको गायिक पदमा बस्यालले बताएकी छन । सार्वजनिक भएको गीतको भिडियोमा अर्जुन गौतम, प्रमिशा बस्याल र अर्जुन न्यौपानेले दमदार अभिनय र नृत्य मार्फत प्रतिभाशाली भिडियो कलाकारका रुपमा उदाएका छन ।

यस गितबाट आफु निकै आशाबादी रहेको गाएक गैरेले बताए । गाएक गैरेले यस अघी पनी दर्जन बढी सालैजो, राइला, दोहोरी गितहरु दर्शक स्रोतामाझ प्रस्तुत गरिसकेका छन । पहिलेका गित भन्दा यसमा फरक स्वाद रहेकाले पनी यस गित मार्फत बढी आशा गरेको गैरे बताउछन । गीतमा राजेश घिमिरेको छायांकन, दीपक विष्टको सम्पादन र काजिस श्रेष्ठको निर्देशन रहेको छ ।
गितको भिडियो लिंक…

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना