वेद माध्यमिक विद्यालय, वगनाशकाली ८, पाल्पाका ३ शिक्षकहरूमा काेराेना पाेजेटिभ देखिएकाे छ । विद्यालयका एक शिक्षकमा काेराेना देखिएपछि २१ जनाकाे कन्ट्रयाक्ट ट्रेसिङकाे आधारमा गरिएकाे पिसिआर परीक्षणमा ३ जनाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे वगनाशकाली स्वास्थ्य संयाेजक मनिराम अधिकारीले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्यालले विद्यालयमा कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाव संकलन गरि पठाइका हाैं, विद्यालय सुचारू नै हुन्छ । उनले भने, पाेजेटेभ रिपाेर्ट देखिएकाहरू हाेम आइशाेलेशनमा हुनुहुन्छ, बाँकि सरम्याडमहरूले विद्यालय नियमित रूपमा सञ्चालन गर्नुहुनेछ ।
जसलाइ भयाे त्यहि हाेम आइशाेलेशनमा बस्ने अरूले विद्यालय सञ्चालन गर्ने निर्णय भए अनुसार विद्यालय सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक थानेश्वर भट्टराइले बताए ।
काेराेना पाेजेटिभ देखिएका एक शिक्षकले आफू हाेम आइशाेलेशनमा रहेकाे र स्वास्थ्यमा जटिलता नरहेकाे सराेफेराेलाइ बताए । उनले आफू सहित एक जना अन्य शिक्षक र वेद माविका कार्यरत शिक्षिकाकाे श्रीमान सेन मावि तानसेनका शिक्षककाे पिसिआर परीक्षण रिपाेर्ट पाेजेटिभ आएकाे बताए ।