प्रधानमन्त्रीलाई काम गर्न दिइएनः आचार्य

प्रधानमन्त्रीलाई काम गर्न दिइएनः आचार्य

पाल्पा, माघ ५

नेकपाका केन्द्रिय सदस्य रश्मी आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्रीलाई हातखुट्टा बाधेर दौडन लगाइएकोे आरोप लगाउनुभयो ।
सोमबार पाल्पाको तानसेनमा अनेरास्ववियुले आयोजना गरेको जिल्ला भेला एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आर्चायले प्रधानमन्त्रीलाई हातखुट्टा बाधेर दौडन लगाइएको आरोप लगाउनुभएको हो ।

उहाँले पार्टी भित्रबाटै षड्यन्त्र तथा चरम गुटबन्दीका कारणले सरकारलाई असफल गराउन लाग्दा पछिल्लो परिणाम निस्किएको बताउनुभयो । सरकार बिरोधी कामलाई परास्त गर्न अनेरास्ववियु एक जुट हुनुपर्ने उहाँको धारणा थियो ।
भेलाले अनेरास्ववियुका केन्द्रीय सदस्य हिरामणी पराजुलीलाई जिल्ला संयोजक, अर्का केन्द्रीय सदस्य राधाकृष्ण दगांललाई सहसंयोजक र सचिबमा मदन आचार्यंलाई तोकेको छ ।


प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना