पाल्पा, माघ ४
पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेलाई कोरोना पोजेटिभ देखिएको छ । पाल्पामा सरकारी तवरबाट कोरोना परिक्षण गरिने पाल्पा अस्पतालका अध्यक्ष पाण्डेलाई आईतवार कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
स्वास्थ्यमा समस्या देखिए पछि पाण्डे घरमै आराम गरिरहेका छन् । उनकाे स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।