सूर्या लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

सूर्या लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

सुशीला रेग्मी, रामपुर (पाल्पा), माघ ४

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय रामपुरले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । पूर्वखोला गाउँपालिका वडा नं १ सिलुवा पाल्पा बस्ने स्वर्गीय रामबहादुर दिसुवाले कम्पनीमा बिमित गर्नुभएको रकमबापत मृत्यु दाबी रकम उहाँका श्रीमती प्रतिमा दिसुवालाई हस्तान्तरण गरिएको छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय रामपुर बेझाड बजार नहरअफिसको कार्यालयमा शाखा प्रमुख विष्णुप्रसाद लम्सालले मृत्यु दाबी बापत ६ लाख १८ हजार ५ सय बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।

स्वर्गीय रामबहादुरले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा पाँच लाख बराबरको बिमा गर्नुभएको र उहाँले तीन किस्तामात्रै कम्पनीमा बुझाउनु भएको शाखा प्रमुख लम्सालले बताउनुभएको छ । रामबहादुर दिसुवाको कोरोना भाइरस सङ्क्रमणका कारण ४६ वर्षको उमेरमा निधन भएको हो । कम्पनीले दिएको मृत्यु दाबी रकमले दुई छोरा र एक छोरीको पालनपोषण, पढाई खर्च चलाउन सजिलो हुने भएकाले दुखमा मलम लगाउने काम गरेकोमा कम्पनीलाई मृतकका श्रीमती प्रतिमाले धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस