भाषण र तर्कले देश चल्न सक्दैनः कांग्रेस नेता जाेशी (भिडियाे)

भाषण र तर्कले देश चल्न सक्दैनः कांग्रेस नेता जाेशी (भिडियाे)

शुशिला रेग्मी,

माघ ३, पाल्पा (रामपुर)

नेपाली कांग्रेसका केन्द्रिय सदस्य नविन्द्रराज जाेशिले सरकारले लाेकतन्त्र र संविधानमाथि प्रहार गरेकाे बताउनुभएको छ । उहाले संसद बिघटन कार्य मर्यादा विपरित भएको बताउनुहुदै नेपाली जनताबाट बलिदान गरेकाे संविधानकाे असंबैधानिक काम गरेकाे हुदा कांग्रेसले सडक देखि त्यसकाे बिरुद्धको अान्दाेलन गर्ने बताउनुभयाे ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य जाेशीले संसद विघटन गरि केपी शर्मा अाेलीले संविधान कुल्चने प्रयास गरेकाे बताउनुभयाे । ‘मतदाताले ठूलाे भराेसा गरेर मत दिए, जनविश्वास माथी खेलवाड भयाे । प्रधानमन्त्री केपी शर्मा अाेलीले संविधानमै नभएकाे व्यवस्था प्रयाेग गरेर संसद विघटन गरेर देशलाइ अन्याैलतातर्फ धकेकाेका छन् ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी जस्ता भु भाग नेपालकाे नक्सामा समावेश गरि नक्सा फेरिएपनि भुमि प्रयोग नभईकन फिर्ता भयाे भन्ने ढुक्क भएर बस्न नहुने बताउनुभयो । देशमा सुनकाण्ड छानबिन गर्नका लागि अायाेग गठन भई छानबिनको नजिक पुग्दा प्रधानमन्त्री अाेलिले अायाेग नै खारेजि गर्न पुगेकाे बताउदै पछिल्लो समय देशमा भ्रष्टाचार, बलात्कार जस्ता घटना बढ्दै गएको केन्द्रिय सदस्य जाेशिकाे भनाइ छ ।

संसद विघटनकाे असंवैधानिक कदमका विरुद्धमा नेपाली कांग्रेसले देशैभरका स्थानीय तहमा अाह्वान गरेकाे बिराेध प्रदर्शन कार्यक्रम अन्तर्गत रम्भा गाउपालिकाकाे वडा नं १ हुगिमा कार्यक्रम भएको छ । नेपाली कांग्रेस रम्भा गाउपालिकाकाे आयोजना तथा तरुण दलकाे सह अायाेजनामा बिराेध प्रदर्सन कार्यक्रम भएको हाे । गाउँ कार्य समितिका सभापति अशाेक फालकाे स्वागतबाट सुरु भएको कार्यक्रमका मुख्य पाहुना नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व उद्योग मन्त्री नबिन्द्रराज जाेशि रहनु भएको हाे ।

रम्भाका तरुण दलका उपसभापति सुमन पाण्डेको स्वागतबाट सुरु भएको कार्यक्रमकाे संचालन नेपाली कांग्रेस रम्भाका सचिव विश्व अर्यालले गर्नुभएको हाे । कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि विष्णुमायत ढकाल, नेपाली कांग्रेस क्षेत्र नं १ प्रदेश ख का सभापति विष्णु थापा, जनप्रतिनिधिकाे तर्फबाट रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवि घिमिरे आचार्य, नेविसंघका सुरेश बाेहरा लगायतले अाफ्ना भनाइ राख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना