पाल्पा, माघ ३
नेपाली कांग्रेस पाल्पाले जिल्लाका स्थानीय तहमा संसद विघटनको विरोधमा विरोध प्रदर्शन गरेको छ । रम्भा गाउँपालिका १ काे हुँगीमा भएकाे कार्यक्रममा बाेल्दै पूर्व उद्याेग मन्त्री नविन्द्रराज जाेशीले जनताकाे जनमतलाइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बेवास्ता गर्दै अनादर गरेकाे बताए ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेका जाेशीले संसद विघटन गरि केपी शर्मा अाेलीले संविधान कुल्चने प्रयास गरेकाे बताए । उनले भने, ‘मतदाताले ठूलाे भराेसा गरेर मत दिए, जनविश्वास माथी खेलवाड भयाे । प्रधानमन्त्री केपी शर्मा अाेलीले संविधानमै नभएकाे व्यवस्था प्रयाेग गरेर संसद विघटन गरेर देशलाइ अन्याैलतातर्फ धकेकाेका छन् ।’

केपी तिम्रो पाराले दुख पाए साराले भन्ने प्लेकार्ड सहित गाउँ पालिका भित्र बाट उपस्थीत भएका काग्रेसका नेता तथा कार्यर्कताहरुले नारा लगाएका थिए ।

