वरिष्ठ बाल साहित्यकार देवीप्रसाद वनवासी

वरिष्ठ बाल साहित्यकार देवीप्रसाद वनवासी

पुष्कर अथक रेग्मी

देवीप्रसाद वनवासीको नाम म सानै छँदा सुनेको थिएँ । विद्यार्थी जीवनमा वनवासीका वाल कथा, कविताहरु पढेको थिएँ र शिक्षक जीवनमा विद्यार्थीहरुलाई समेत सुनाएको, पढाएको, बताएको थिएँ । ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाको आयोजना र भेषराज साहित्य प्रतिष्ठान स्याङ्जाको व्यवस्थापनमा आयोजित २०७ औं भानु जयन्ती समारोह मनाउन २९ असार २०७७ का दिन म र पाल्पा साहित्य समाजका संरक्षक साहित्यकार दाजु राजेन्द्रगोपाल सिंह स्याङ्जा,वालिङ्ग गयौं । वालिङ्ग नगरपालिकाको भव्य सभाकक्षमा आयोजित साहित्यिक कार्यक्रममा सम्म्मानित व्यक्तित्वको रुपमा अग्रज विज्ञ साहित्यकार देवीप्रसाद वनवासीसँग जिन्दगीमा पहिलो पटक साक्षात दर्शन भेट भयो ।
वनवासीजीले मलाई आफनो अमूल्य कृति निम्छरा कुरासप्रेम उपहार दिनु भयो । मैले पाल्पाली आदिकवि छविलाल नेपालको संक्षिप्त जीवनी ःअग्रदूतसभक्ति उपहार दिएँ । अग्रदूत लिएर हेर्दै भन्नु भयो, “म पनि रेग्मी नै हुँ ।”
देवीप्रसाद वनवासीको थर रेग्मी नै रहेको पहिलो चोटी थाहा पाएपछि आफ्नै पितालाई भेटे जस्तो भयो,र पुनःआदरका साथ दुवैहात जोडी झुकेर नमन गरिरहे । केही बेर हामी दुई बिच साहित्यिक एंव पारिवारिक कुराकानी भयो । पितातुल्य अग्रज साहित्यकार देवीप्रसाद वनवासी, ज्याग्दीखोला, साहित्य प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्साल, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंह र म स्वयम समेत भई मञ्चको एउटै लहरमा बसी ज्याग्दीखोला तरंग विमोचन गर्न पाउदा ऐतिहासिक अदभूत एंव अपूर्व आनन्द प्राप्ति भयो । साहित्यकार मिलन समीरद्वारा वनवासीको सम्मानमा ग्रन्थ प्रकाशन गर्ने जानकारी प्राप्त भएपछि दाजु राजेन्द्रगोपाल सिंहको परामर्श सहित पाल्पा स्याङ्जाको साहित्यिक सम्बन्ध अझ फराकिलो बनाउँदै लैजाने र वनवासीको सम्मानमा प्रकाशित हुने ग्रन्थका लागि म पुष्कर अथक रेग्मीले केही अभिव्यक्ति लेख्ने निर्णय गरियो ।

चिनाको पुरानाम देवीप्रसाद उपाध्याय रेग्मी, नेपाली नागरिकताको प्रमाणपत्र अनुसारको नाम देवीप्रसाद रेग्मी र साहित्यिक लोकप्रिय नाम देवीप्रसाद वनवासीको जन्म वि.स.१९९७ साल कार्तिक २७ गते मंगलबारका दिन वालिङ्ग नगरपालिका –२ अरमादी शंखरेडाँडा स्याङ्जामा भएको हो ।
प्यामनारायण उपाध्याय रेग्मीका नाति र टिकाराम प्यामनारायण उपाध्याय रेग्मीका नाति र टिकाराम÷तीला कुमारी उपाध्याय रेग्मीका पुत्र देवीप्रसाद रेग्मीलाई साहित्यमा वनवासी, आँधीखोले, निरञ्जन नेपाली आदि उपनामले समेत चिनिन्छ । हालसम्म ६ दर्जनको हारहारिको विभिन्न कृतिहरु प्रकाशित गरिसक्नु भएका वनवासीको करिव ३ दर्जन जति बालसाहित्यका कृतिहरु प्रकाशित भइसकेका छन् । नेपाली बालसाहित्यको विशेषतः कथा विधा र अन्य विधाहरुमा पाँच दशकअघिदेखि समर्पित रहि निस्वार्थ सक्रिय साहित्यिक योगदान पु¥याउदै आउनु भएका अगुवा वरिष्ठ बालसाहित्यकार देवीप्रसादको वनवासीको प्रार्थना गीत शीर्षकको पहिलो कविता, वि.स. २०२३ साल माघको बालक पत्रिकामा प्रकाशित भएपछि नेपाली बालसाहित्यको विकासमा निरन्तर लागि पर्नु भएका वनवासीको पहिलो बालकथा संग्रह कथा कथ्यौरी (२०२७) हो । केही रमाइला कथा (२०३८),फूलपाती(२०४०) चुभुरचुभुर (२०४२), छुनुमुनु (२०५१),सिरिखुरी(२०५४), बालसंगाती (२०५८), पञ्चतन्त्रका पन्ध्र कथा(२०६०), नानीपानी(२०६७) वनवासीका प्रकाशित बालकथा संग्रहहरु हुन् भने असल मान्छे (२०४७), अदभूत मान्छे (२०५६) र अब्वल मान्छे(२०६६) प्रकाशित बालजीवनी संग्रहहरु हुन् ।
बालकथा संग्रह कथा कथ्यौरी(२०२७) भित्र तेह्र वटा बालकथाहरु संग्रहित छन् । गड्याही सासु–खञ्चुवा ज्वाई, बलभन्दा बुद्धि ठूलो, बाघको गुरु विरालो, दुई जोईको पोई कुना पसी रोई, इमान्दार चोर, रातभरी करायो दक्षिणा हरायो, खुरुरुरु जानु, खुरुरुरु आउनु, अलच्छिना मान्छे, दुखपाईस मंगले आफ्नै ढंगाले, बाबु भन्दा छोरा बुद्धिमान, मिश्री, महादेवलाई साढेसात र कन्डैसिती शिर्षकमा रोचक कथाहरु रहेका छन् । यस संग्रह भित्रका कथाहरुले बहुविवाह गर्नु हुँदैन । घमण्ड गर्नु हुँदैन । बल भन्दा बुद्धि ठूलो हो । मानिस साहसी हुनुपर्दछ । गरिवीको कारणले पनि मानिस निर्धा र कुरुप हुन्छन् । कुनै पनि काम गर्दा सोच विचार गर्नु पर्दछ । आमा बुबाको हेरचाहा राम्ररी गर्नुपर्दछ । लोभ गर्नुहुँदैन । लोभ गर्नाले दुख पाइन्छ भन्ने शिक्षाप्रदसन्देशहरु संप्रेषण गरेका छन् । सबै कथाहरु बालउपयोगी रहेका छन् ।
एन्ड्रियु क्राफ्टसका अनुसार“कुनै बाल पुस्तक वा बाल चरित्र अत्यन्त असाधारण रुपमा सफल हुनु र कुनै नहुनुको कारण भन्न असंभव नै छ । एक सफल बाल लेखक हुनका लागि भने बालबालिकालेझै सोंच्न सक्ने क्षमता चाहि हुनै पर्छ ।”केही अपवादलाई छोडेर समग्रमा भन्नुपर्दा देवीप्रसाद वनवासीले बालसाहित्यको क्षेत्रमा प्रशिद्धि कमाउनु भएको छ । उहाँका बालसाहित्यमा उमेर अनुसारको सिर्जना, सरल र सरस बाल भाषा, रोचक प्रस्तुति शैली, मनोरञ्जन दिने, लोकसंस्कृति ज्ञान विज्ञानका विविध विषयवस्तु बारे जानकारी दिने र सिर्जनात्मक हुन प्रेरणा दिने विषयवस्तुहरु रहेका छन् । मनोरञ्जन, जिज्ञासाको समधान, ज्ञानको प्रवद्र्धन, लोकसंस्कृतिको संरक्षण, सिर्जनशिलताकोविकास, सोध खोज र सोँचको विकास एवं परिस्कार, चारित्रिक सुधारकासाथै भाषिक क्षमताको विकास, मानवीय मूल्यमान्यताको जागरुकता, राष्ट्रप्रेम, स्वाभिमानी, परिश्रमी एंव विश्ववन्धुत्वको भावना जागृत गराउने प्रयोजन आवश्यकता र उपयोगिताका दृष्टिकोणहरु देवी प्रसाद वनवासीका बालसाहित्यले प्रदान गरेका सदावहार उपहारहरु हुन् । जसको रस्वादन र निष्कर्षको मनन् प्रत्येक बालबालिकाहरुलाई विद्यालय शिक्षामार्फत गराउन सकिएको खण्डमा उनीहरु असल, सद्चरित्रवान, इमान्दार, नैतिकवान, मिलनसार, अन्वेषक र सहिष्णुताका प्रतिमूर्ति बन्न सक्षम हुने छन् ।

औपचारिक रुपमा बालसाहित्यको सिर्जना हुनु पूर्व नै बालबालिकाहरुलाई घरमै लोककथा, लोकगीत, लोक कविता, लोक भजन, गाउँखाने कथा र उखान टुक्काहरु सुनाउने चलन थियो । नेपाली साहित्यका विराट प्रतिमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जादुगरी कलमको स्पर्शबाट नेपाली बालसाहित्य अझ सिंचित र विकसित हुँदै आयो । देवीप्रसाद वनवासीले बालसाहित्यलाई अझ विकसित बनाए । देवीप्रसाद वनवासी (१९९७),ध्रु्रवकृष्ण दिप(१९९०),कृष्णप्रसाद पराजुली(१९९२), जनकप्रसाद हुमगाई(१९९४), विश्वम्भर चञ्चल(१९९८), परशु प्रधान(२०००), प्रेमा शाह(२००२), गोपाल पराजुली(२००२) कै समकालिन बालसाहित्यकार हुन् । वरिष्ठ बाल साहित्यकार देवीप्रसाद वनवासी ज्यूको सुदीर्घजीवनको कामना गर्दछु ।

सन्दर्भ सामग्रीः
अर्याल, अच्युत शरण (२०४५), नेपाली बालसाहित्यको रुप रेखा, स्याङ्जाःडिल्लीप्रसाद अर्याल
प्रधान, प्रमोद(२०६१), नेपाली बालसाहित्यको इतिहास, काठमाडौंः विवेकशिल सिर्जनशिल प्रकाशन प्रा.लि. ।
रेग्मी, देवीप्रसाद वनवासी(२०७६) निम्छरा कुरा, स्याङ्जाःनिजात अड्डिका ।
(स्रोतःविविधतामा वनवासी २०७७ः७०…७३)

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना