रिलाईन्स लाईफ इन्स्योरेन्सद्वारा घातक रोग विरुद्धको दावी भुक्तानी

रिलाईन्स लाईफ इन्स्योरेन्सद्वारा घातक रोग विरुद्धको दावी भुक्तानी

रिलाईन्स लाईफ इन्स्योरेन्स लिमिटेड पाल्पाले सुजाता ढुङ्गाना क्षेत्रीलाई रोगहरू विरूद्ध गरेको विमा दावी रकमको चेक हस्तान्तरण गरेका छन् । तीन लाख तेइस हजार ५ सय ३८ रूपैयाँ वरावरको चेक हस्तान्तरण गरिएकाे हाे ।

रिलायन्स लाईफ इन्स्योरेन्स, पाल्पा शाखाको रोग विरुद्ध गरेको विमाको पहिलो विमा दावी भएकाे शाखा प्रबन्धक सन्ताेष पाैडेलले बताए । पाल्पा शाखाको प्रमुख सन्तोष पौडेल, सहायक हेमन्त थापा, कर्मचारी अस्मिता कार्की लगायत एजेन्सी मेनेजर दिपक कुमारी वि.सी. र सम्पूर्ण एजेन्सी मेनेजरले सहतितकाे टाेलीले चेक हस्तान्तरण गरेकाे हाे । घातक राेग विरुद्ध चेक प्राप्त गर्ने सुजाता ढुङ्गाना क्षेत्रीले अन्य व्यक्तिलाई पनि विमा गरि उपचारमा लाग्ने आर्थिक भार कम गर्न सहयोग मिल्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस