गोर्खेकोटबाट नगद र गहना चोरी

गोर्खेकोटबाट नगद र गहना चोरी


पाल्पा,पुष २९


तानसेनको गोर्खेकोटबाट नगद २५ हजार र १२ लाख बराबरको सुनका गहना चोरी भएको छ । मंगलबार राती तानसेन नगरपालिका १ गोर्खेकोटकी जानुका बस्यालको घरको गेटमा लगाइएको ताल्चा फोरी नगद सहित गहना चोरी भएको हो ।

बस्याल माईत गएको अवस्थामा च्यानल गेटमा लगाएको ताल्चा फुटालेर घर भित्र रहेको दराजमा रहेको नगद २५ हजार सहित १३ तोला सुनका गहना चोरी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चोरी गर्ने व्यक्तिको खोजी भईरहेको प्रहरीले जनाइको छ ।

प्रतिक्रिया दिनुहोस