भिजन लुम्बिनीको अध्यक्षमा पूनः जगत पोखरेल

भिजन लुम्बिनीको अध्यक्षमा पूनः जगत पोखरेल

भिजन लुम्बिनी पब्लीक कम्पनी लिमिटेडको पाँचाैं साधारण सभा सम्पन्न भएकाे छ । पाँचाैं साधारण सभा तथा दाेस्राे निर्वाचन अधिवेशनले संस्थापक अध्यक्ष जगतबहादुर पोखरेललाई नै पुनः अध्यक्षमा निर्वाचित गरेको छ । कम्पनीको नयाँ सञ्चालकहरु समितिमा ई.लेखनाथ पाण्डे, कुल बहादुर केसी, बाबुराम श्रेष्ठ, दिपक शर्मा, राधेश्याम यादव, केशवराज पन्थी, गोपाल बस्याल, गिरी प्रसाद गैरे, यम प्रसाद गैरे र रिजन बज्राचार्य छानिएका छन् ।

२०७३ सालमा स्थापना भएको कम्पनीले छरिएर रहेको पुँजीलाई एकिकृत गरी सामुहिक लगानी र उच्चतम प्रतिफललाई आत्मसाथ गर्दै झण्डै एक हजार जनाको सहभागीतामा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, अर्थ, संचार, उर्जा गरि ९ वटा क्षेत्रमा परियोजना सञ्चालन गर्ने उद्धेश्य लिएर अगाडी बढेकाे छ । 
यस अन्तर्गत २०७४ साल माघ १० गते भिजन लुम्बिनी टुर एण्ड ट्राभल्स, २०७५ आश्विन २६ गते भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड र २०७६ भाद्र २ गते भिजन लुम्बिनी यातायात कम्पनी स्थापना गरी सञ्चालन भइरहेको छ ।

टुर एण्ड ट्राभल्सले बुटवल तथा काठमाण्डौबाट सेवा प्रवाह गरिरहेको छ भने यातायात कंपनीले मोफसलमै पहिलो पटक बुटवलबाट एसी जडित सुविधा सम्पन्न १० ओटा बस संचालन गरिरहेको छ । त्यसैगरी उर्जा कम्पनीले गण्डकी प्रदेश अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाटको सेतिखोला जलबिद्यूत परियोजना निर्माण गरिरहेको छ ।

कृषिको विविधिकरण र विस्तारित लगानी मार्फत् यसलाई लगानीको उपयुक्त माध्यमका रुपमा स्थापित गराउने उद्धेश्यका साथ कम्पनीले रुपन्देहीमा ६ बिगाहा ५ कट्ठा जग्गा किनेर कृषि सम्वन्धी परियोजनाको तयारी गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस