क्यान्सर पीडित खत्रीलाई युवा सजगता अभियानको आर्थिक सहयोग

क्यान्सर पीडित खत्रीलाई युवा सजगता अभियानको आर्थिक सहयोग

तानसेन नगरपालिका वडा न ६ का चन्द्र बहादुर खत्रीलाई युवा सजगता अभियान पाल्पाले १० हजार रूपैया सहयोग गरेको हो । फोक्सोमा क्यान्सर भएका खत्री ६ बर्ष देखि अार्थिक अभावमा उपचार गराउन समेत सकेका छैनन् । एक छोरा ,एक छोरी र श्रीमती रहेको खत्रीको घरमा आम्दानी गर्ने मानिस नै विरामी परे पछि दैनिक जीवनयापन गर्न तथा उपचार गर्न समेत समस्या परेको छ ।

सहयोग रकम हस्तान्तरण गर्दै अभियान पाल्पा जिल्ला संयोजक कृष्ण अर्यालले विगत लामो समय देखि बिरामी रहेका खत्रीको वास्तविक अवस्था बुझ्दा आर्थिक अवस्था कमजोर भएकोले अभियानका सदस्यहरूको सहयोग उपचार गर्न केही सहयोग पुगोस भनी सहयोग उपलब्ध गराएको बताउदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नु भयो । त्यस्तै सस्थाका सल्लाहाकार सुर्य थापाले खत्रीको आर्थिक अभावले गर्दा उपचार गर्न समस्या रहेकोले आफुहरू सस्थाका कार्यसमिति सदस्यहरूले सहयोग उपल्ध गराएको बताउनु भयो ।

त्यस्तै अर्का सल्लाहाकार विधान श्रेष्ठले खत्री उपचारमा केही सहयोग पुगोस भनी सक्दो रकम सहयोग गरेको बताउदै आगामी दिनमा सस्थाले सहयोग गर्न चाहने व्यक्तिहरूलाई खत्री बैंक खाता खोली रकम संकलन गर्ने कार्य पनि सञ्चालन गर्ने बताउनु भयो । यसरी सस्थाले आफुलाई समस्या परेको समयमा घरमा आइ रकम उपलब्ध गराए पछि राहत मिलेको खत्रीले बताउनु भयो । अभियानमा कृष्ण अर्याल,सुर्य थापा,विधान श्रेष्ठ,दम बहादुर सारू,अन्नत पन्थी,नर बहादुर थापा,नमिता श्रेष्ठ,कविर स्टोर,जनसेवा पुस्तक ,सन्दिप गैर,लक्ष्मण भण्डारी,गोपाल अर्याल,शारदा खत्री,सोम ब गहतराज,नारायण पौडेल,शालिकराम न्यौपानेको आर्थिक सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस