समुदायमा आधारीत नबजात शिशु एकिकृत व्यवस्थापन कार्यक्रम

समुदायमा आधारीत नबजात शिशु एकिकृत व्यवस्थापन कार्यक्रम

समुदायमा आधारीत नबजात शिशु तथा बाल रोगको एकिकृत व्यवस्थापन सम्वन्धि दुई दिने कार्यस्थल अनसाइट कोचिङ बल्ढेङगढी स्वास्थ्य चौकीमा सम्पन्न भएकाे छ ।

स्वास्थ्यकर्मीहरुको कार्यशैली र क्षमता जाचँ गरी स्तरीय सेवा प्रदान गर्न सक्षम बनाउने उद्धेश्यले कार्यस्थलमै प्रयोगात्मक शैलीबाट प्रशिक्षण दिइएको थियो । रैनादेवी छहरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जिवन रानाका अनुसार नेपाल सरकारको सशर्त अनुदान तर्फको कार्यक्रमबाट गाउँपालिकाको आर्थीक तथा प्राविधिक र स्वास्थ्य कार्यलय पाल्पा र बेस नेपाल सुआहारा दोस्रो कार्यक्रमको प्राविधिक सहयोगमा यस कार्यक्रम गरिएको जानकारी गराएका छन् । रैनादेवी छहरा गाउँपालिकाले यस बर्ष स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकता राख्दै पोषण लक्षित कार्यक्रमहरु सन्चालन गरिरहेको बताएका छन् ।
यस कार्यक्रमले विशेष गरि २ महिना भित्रको बच्चा र २ महिना देखि ५९ महिना सम्मको बच्चाको उपचार कसरी गर्ने र ओषधी कसरी प्रयोग गर्ने , सस्थागत सुत्केरी, नाभी मलमको प्रयोग, कम तौल भएको बच्चाको लागी मायाको अगालो, कुपोषण पत्ता लगाउन मुआक टेपको सहि प्रयोग आदिको बारेका बृहद रुपमा रजिस्टरमा हेरी स्वास्थ्य सस्थामा आएको बच्चाको मूल्याङ्गक, बर्गिकरण र उपचार गर्ने तरिका र जन्मदा सास नफेरेको बच्चालाई कृतिम स्वासप्रस्वास गर्ने तरिको बारेमा प्रयोगात्मक पनि गरियो । यस कार्यक्रमले ५ बष भित्रको बालबालिका मृत्युदर घटाउने उद्धेश्य लिएको छ ।
२ दिन चलेको प्रशिक्षण कार्यक्रममा रैनादेवी छहरा गाउँपालिकाका अनसाइट कोचर राम प्रसाद न्योपाने र सुआहारा कार्यक्रमका फिल्ड संयोजक दिनेश घिमिरेले सम्वन्धित विषयका बारेमा निर्देशिका अनुसार छलफल गरि आगामी दिनमा भए गरेका कमिकमजोरीका तथा व्यवहारीक ज्ञान शिपको बारेमा छलफल गराएका थियो ।

प्रतिक्रिया दिनुहोस