पाल्पामा लुम्बिनी प्रदेशस्तरीय कालोपेटी परीक्षा (भिडियाे सहित)

पाल्पामा लुम्बिनी प्रदेशस्तरीय कालोपेटी परीक्षा (भिडियाे सहित)

(आइटिएफ ते–क्वाण्डो)
पाल्पा, पुस २६
पाल्पाको तानसेनमा लुम्बिनी प्रदेशस्तरीय कालोपेटी परीक्षा सम्पन्न भएको छ । नेपाल आइटिएफ ते–क्वाण्डो महासंघले विभिन्न प्रतियोगितामा पदक बिजेता खेलाडी सम्मान सहित कालोपेटी परीक्षा गरेको हो ।

लुम्बिनी प्रदेशस्तरीय कालोपेटी परीक्षामा कालोपेटी प्रथममा १३, दोस्रोमा ३७ र तेस्रामा ७२ जना खेलाडी सहभागी भएका थिए । परीक्षामा सहभागी मध्ये सात जनालको पुनः परीक्षा लिनुपर्ने भएको महासंघका अन्तर्राष्ट्रिय प्रशिक्षक निरबहादुर सारुले बताए । सोही अवसरमा नेपाल आइटिएफ ते–क्वाण्डो रोल्पाले आयोजना गरेको भर्चुअल प्रतियोगितामा विजयी खेलाडीलाई समेत पुरस्कार तथा पदक बितरण गरिएको थियो ।

नेपाल अन्तर्राष्ट्रिय ते–क्वाण्डो महासंघका राष्ट्रिय उपाध्यक्ष अञ्जुनाथ श्रेष्ठले नेपालमा पछिल्लो समय खेल र खेलाडीको विकासका लागि सरकारको बजेट प्राथमिकतामा नपर्नु दुःखद विषय भएको बताए । उनले विभिन्न प्रतियोगितामा स्वर्ण, रजत र काँस्य पदक विजेता खेलाडीहरुलाई सम्मान गर्दै राष्ट्रको छवी उच्च राख्न अनुशासनको पालन गर्नु अत्यावश्यक भएको बताए । प्रतियोगितामा पाल्पाले तीन स्वर्ण, दुइ रजत र १० काँस्य पदक जितेको थियो । पाल्पाबाट स्वर्ण पदक बिजेता बीरेन्द्र बुढा, यनिज गुरुङ, रजत पदक जित्ने उज्जल गहतराज र नारायण बुढा साथै काँस्य पदक जित्ने विद्यान राई, रोशनी श्रेष्ठ र बिक्री पुनलाई पनि सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा त्यस्तै नेपाल अन्तर्राष्ट्रिय ते–क्वाण्डो महासंघको सहकार्यमा पाल्पा जिल्ला आइटिएफ ते–वाण्डो संघको आयोजनामा भएको प्रथम आइटिएफ पुरुष भर्चुअल सेल्फ डिफेन्स राष्ट्रिय ते–क्वाण्डो प्रतियोगितामा स्वर्ण पदक बिजेता खेलाडीलाई समेत सम्मान गरिएको थियो ।
पाल्पाबाट सहभागि स्वर्ण पदक बिजेता खेलाडीहरु साजन पचभैया, बीरेन्द्र बुढा, उज्जबल गहतराज, अशोक सारु थापालाई समेत सम्मान गरिएको छ । यसैगरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पाल्पाबाट सहभागि भएर पदक बिजेता खेलाडीलाई सम्मान गरिएको छ । छैठौ दक्षिण एशियाली खेलकुदमा समेत १९ जना खेलाडीले स्वर्ण, रजत र कास्य पदक जितेका थिए ।


आईटिएफ जिल्ला संघमा पूनः निर सारु मगर
आईटिएफ जिल्ला संघ जिल्ला संघ पाल्पामा निरबहादुर सारु पुनः अध्यक्षमा निर्विरोध भएका छन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख ताराबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा सुरज थापा, उपाध्यक्ष कृष्ण थापा, सचिव नगेन्द्र मल्ल, सहसचिव श्यामबहादुर गाहा मगर, कोषाध्यक्ष सन्जु कार्की, सहकोषाध्यक्ष विष्णु बहादुर नेपाली चयन भएका छन् ।
यसैगरी जिल्ला सदस्यमा रेजिना गाहा, ममता गाहा, सुष्मिता सूर्यवंशी, प्रविना पुन सुभाष आले, विपिन सुनाम, विष्णुबहादुर सारु, देव थापा, उज्जवल गहतराज चयन भएका छन् । टुर्नामेन्ट डाइरेक्टर गम्भीर सारु र चिफ कोचमा साजन पचभैया चयन भएको जिल्ला संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस