बिधि र पद्धत्तिको शासन चाहियोः युवा नेता गैह्रे

बिधि र पद्धत्तिको शासन चाहियोः युवा नेता गैह्रे

सुशीला रेग्मी, रामपुर (पाल्पा)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य ठाकुर गैरेले बिधि र पद्धत्तिको शासन नहुदा सरकार संचालनमा अन्तरघात भएको बताउनुभएको छ । पाल्पाको रामपुरमा भएको विशेष परिस्थितिमा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेता गैह्लेले जनताले पाँच वर्षे सरकार चलाउन नेकपालाई सरकारमा पठाएपनि बिधि र पद्धत्ति अनुसार सरकार चल्न नसकेको बताउनुभयो ।

उहाँले बिधि र पद्धतिको शासन चाहेका नेपाली जनताका आदेशलाई कसैले पनि गलत्याउने र संबिधान भन्दा माथि रहन पाउने अधिकार छैन र सक्दैन भन्नु भएको छ । विसं २००६ मा कम्युनिष्ट पार्टी गठन भएदेखि हालसम्म हरेक पटक फूट र जुट भए तर सबै परिस्थितिमा प्रश्न गर्न सक्नुपर्छ र अहिले विचारमा बन्देज गर्नु गलत रहेको उहाँको भनाई छ । जनताले स्थिर सरकारका लागी बहुमत दिएर पठाएको नेकपाको सरकारले संसद बिघटन गरेर पाँचवर्षे कार्य अवधी पुरा नगर्दै बीचमै पुनः निर्वाचनमा जानु ठिक नहुने बताउनुभयो ।

देश संबिधान अनुसार नभएर विभिन्न सेटिङ्गमा चलेको बताउनुहुदै नेता गैह«ेले लेलिनबाद र माक्सवादको सिद्धान्तलाई अवलम्वन गर्नुपर्ने बताउनुहुन्छ । अहिले न्यायलयका बारेका जुन भ्रम छरिएको छ, प्रमुख प्रतिपक्ष दलका नेता सेरवहादर देउवा, प्रधानमन्त्री, प्रधानन्यायधिस लगायत विदेशी शक्तीको सेटिङ्ग रहेकाले संसद पुनः स्थापना हुनुपर्ने उहाँको भनाई छ ।

नेकपा नगर कमिटि अध्यक्ष कमलराज भट्टराईको स्वागतबाट सुुरु भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य नेत्र पाण्डे, स्याङ्जा जिल्ला सचिवालय सदस्य हरि भट्टराई, प्रदेश कमिटी सदस्य हिरा मश्राङ्गी, प्रदेश सल्लाहकार कमिटी लेखनाथ पोखरेल, दलितको तर्फबाट यम बहादुर सुनार, जिल्ला कमिटि सदस्यहरु करुणा काफ्ले, कमल सेन, कमल पाण्डे, जानकी भट्टराई, नेकपा निस्दि गाउ कमिटिका सचिव रामप्रसाद खत्री, महिलाको तर्फबाट गीता बिक लगायतले बिक लगायतले आफ्ना भनाई राख्नुभएको छ । नेकपाका नेता राजेन्द्रप्रसाद लम्सालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस