मानवअधिकार तथा शान्ति समाज पाल्पाकाे सभापतिमा अरुण ज्ञवाली निर्वाचित

मानवअधिकार तथा शान्ति समाज पाल्पाकाे सभापतिमा अरुण ज्ञवाली निर्वाचित

पाल्पा÷मानवअधिकार तथा शान्ति समाज पाल्पाको सभापतिमा अरुण ज्ञवाली चयन भएका छन् । शनिबार तानसेनमा भएको १० औं अधिवेशनबाट ज्ञवाली निर्विरोध निर्वाचित भएको संस्थाका पूर्व केन्द्रिय सदस्य पुष्करराज रेग्मीले बताए ।
मानव अधिकार तथा शान्ति समाज पाल्पाको २० औँ साधारण सभा तथा अधिवेशन समारोहमा बोल्ने अधिकांश मानवअधिकारवादीहरुले प्रधानमन्त्री र राष्ट्रपतिले कानुन मिचेर संसद विघटन गरेको घटनाले नेपाललाई अशान्तितर्फ धकेलको बताएका थिए । समाजका लुम्बिनी प्रदेश सचिव कृष्ण बहादुर रावलले ‘सुशासन र आर्थिक पारदर्शीता’ विषयमा बोल्दै शत्रुता विहिन आचरण, समुदायबिच स्थिर र सुमधुर सम्बन्ध नै स्थिर राजनीति भएको उल्लेख गरे उनले स्थीर राजनीतिले नै मानवअधिकार मैत्रि संविधान बनेको र मानवअधिकारका रक्षकहरु भक्षक हुन नहुनेब बताए ।
कार्यक्रमका प्रमख अतिथि समाजसेवी दिलबहादुर शाक्यले मानवअधिकारलाई पाठ्यक्रममा समावेश गर्नु आवश्यक भएको बताउँदै कानूनी शासनको मूल्य र मान्यतालाई स्थापित गर्न र सत्ता केन्द्रित राजनीति बन्द गर्नकालागि खबरदारी आवश्यक रहेको बताए । कार्यक्रममा स्वतन्त्र पत्रकार महासंघका महासचिव जिवलाल सुवेदीले मानवअधिकार र सूचनाकाे हक एक अर्काका परिपुरककाे रूपमा रहेकाे बताउँदै पत्रकारिताभित्र मानवअधिकारका विषय सदैव जाेडिइरहने बताए ।

कार्यक्रममा बोल्दै पाल्पाका संस्थापक सभापति शिव देवकोटा, पूर्वसभापति पुष्करराज रेग्मी, कांग्रेस नेता राजेन्द्र गोपाल सिंह लगायतले मानवता विरुद्धको अपराध गर्नेलाई राजनीतिक संरक्षण हुन दिनु नहुने बताए । संस्थाका सभापति नारायण प्रसाद शर्माको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन रेणुका देवकोटाले गरेकी थिईन् ।
शनिबार सम्पन्न मानवअधिकार तथा शान्ति समाज पाल्पाको १० औं अधिवेशनले उपाध्यक्षमा रेणुका देवकोटा, सचिव सन्तवीर बराल, सहसचिब ठाकुर अधिकारी, कोषाध्यक्ष मधुदयाल सैजु र सदस्यहरुमा सरिफ गहतराज, सुशीला रेग्मी, रमा पन्त, बंकिमचन्द खनाल, बिष्णुकुमारी श्रेष्ठ र केशब अधिकारीलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस