पाल्पामा राष्ट्रिय कृषि गणना २०७८ सचेतना

पाल्पामा राष्ट्रिय कृषि गणना २०७८ सचेतना

पाल्पा, पाल्पामा राष्ट्रिय कृषि गणना २०७८ सचेतना गाेष्ठी सम्पन्न गरिएकाे छ । कृषिकाे राष्ट्रिय प्रमुख आयश्रोतको रुपमा विकास गर्न तथा यसकाे तथ्यांकिय विश्लेषण गर्न कृषि गणना गर्न लागिएकाे हाे ।

तथ्याङ्क कार्यालय पाल्पाले राष्ट्रिय कृषिगणना २०७८ पूर्व सचेतना गाेष्ठी जिल्ला प्रशासन कार्यालय पाल्पामा सम्पन्न गरेकाे छ । कृषकहरुको आयस्तर माथि उकास्न, कृषि पेशा लाई प्रमुख आयश्रोतको रुपमा विकास गर्न, तीन वटै सरकार बाट कृषि पेशा लाई उच्च प्राथमिकता दिन विविध नेपालभर कृषि गणना गर्न लागिएकाे हाे ।
जिल्ला तथ्याङ्क कार्यालय पाल्पाका तथ्याङ्क अधिकृत भविश्वर घिमिरेले कृषि गणना २०७८ को उद्देश्य, गणना विधी, कृषिचलन, कृषक परिवार, तथ्याङ्क संकलन गर्ने, विधी र तरीका, गणना कार्यविधी, जनशक्ति परिचालन, लागत तथा संगठनात्मक अवस्था, समावेशी सूचकहरुको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
२०७८ पुसदेखी फागुनसम्म ३ महिनामा पाल्पाका १० वटै स्थानीयतहमा कृषि गणना कार्यक्रम गरिने, कम्तिमा ४ आना जग्गामा खेतीपाती गरेका वा एक वटा गाई वा भैसी पालेको, वा ५ वटा भेडाबाख्रा पालेका वा २० वटा सम्म कुखुरा हाँस परेवा जस्ता पक्षीहरु पालेका कृषकहरु लाई गणनामा सहभागी गराईने कार्यालय प्रमुख घिमिरेले बताए ।
कृषिगणनामा महिलाको नाममा जग्गा भएको वा नभएको, जग्गाको अवस्था, वातावरण सम्वन्धी अवस्था, जलवायु परिवर्तनले कृषिमा पारेको अशर, कोभिडको अशर, कृषि विमा र पहुच, कृषि ऋण, कृषिमा सिंचाईको अवस्था, जंगली जनावरले पारेको अशर, शैक्षिक योग्यता, कृषि वाली उत्पादनको अवस्था, नगदे तथा जिन्सी वाली, तरकारी तथा मसालेदारवाली, फलफूल तथा कन्दमुल वाली लगायतका विषयहरु कृषि गणनामा समेटिने कार्यालय प्रमुख घिमिरेले बताए ।
कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले कृषि गणनाले पालिकाहरु लाई कृषि योजना बनाई कार्यान्वयन गर्न सहयोग पुग्ने बताए । गणना संगै स्थानीय उत्पादन लाई प्रोत्साहन हुने गरी राज्यले निति नियम बनाई कार्यान्वयन गर्नुपर्नेमा नगर प्रमुख शाहीले जोड दिए । जग्गाको खण्डिकरण अत्याधिक भएकोले उत्पादन क्षेत्रमा बस्ती बसाल्ने निति नियम परिमार्जित गर्नुपर्नेमा नगर प्रमुख शाहीले जोड दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले कृषिगणना कार्यक्रमले पछिल्लो जिल्लाको कृषि उत्पादन, कृषकको अवस्था, जग्गाको अवस्था, जानकारी हुने र सम्वन्धित पक्षले काम गर्न सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस