पाल्पाका राजनीतिक दलहरु संसद् विघटनका विरुद्ध एकताबद्द बन्दै!

पाल्पाका राजनीतिक दलहरु संसद् विघटनका विरुद्ध एकताबद्द बन्दै!

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्नेकदम विरुद्ध पाल्पाका सबै पार्टीहरु आन्दोलनमा एकताबद्द भएका छन् । आन्दोलनदलहरूले विहीवार तानसेनमा सर्वदलीय बैंठक बसी एकबद्द भएर अगाडी बढ्न सहमति गरेका छन् ।

बैंठकमा राजनीतिक दलहरुले पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट नेपालको संविधानमा उल्लेखित संवैधानिक प्रावधान, भावना, र मर्म विपरित संसद् विघटन गरिएको प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले प्रधानमन्त्रीको कदम प्रतिगामी, असंवैधानिक, अलोकतान्त्रिक, स्वच्छाचारी भएको ठहर गर्दै सबै राननीतिक दलहरुले सार्वजनिक गरेका आ–आफ्ना संघर्षका कार्यक्रमहरुलाई सशक्त र प्रभावकारी बनाउदै संयुक्त बैंठकलाई निरन्तरता दिर्दै जाने बताएका छन् ।

सर्वदलीय बैंठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरु सोम प्रसाद पाण्डे, ठाकुर गैरे, नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर राना, नेकपाका नेता यादव बहादुर रायमाझी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य डुलबहादुर कुँवर, संघीय समाजवादीका केन्द्रीय सदस्य नविन सुनुवार, जनता समाजवादी पार्टीकी नेतृ पुर्मती ढेंगा, नेकपा प्रदेश कमिटी सदस्य नेत्र प्रसाद पाण्डे, नेकपाका जिल्ला सचिव राजेन्द्र विश्वकर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस