अभिभावकमा काेराेना देखिएपछि जनप्रिय स्कुल एक हप्ता बन्द !

अभिभावकमा काेराेना देखिएपछि जनप्रिय स्कुल एक हप्ता बन्द !

पाल्पाकाे रम्भा गाउँपालिका १, नाैगाउँकाे जनप्रिय आधारभूत विद्यालय एक हप्ताकाे लागि बन्द गरिएकाे छ । स्थानीय एक अभिभावकमा काेराेना देखिएपछि पुस २४ गतेदेखी माघ १ गतेसम्मकाे लागि विद्यालय बन्द गरिएकाे विद्यालयका प्रधानाध्यापक फणेश्वर पराजुलीले बताए ।

प्रधानाध्यापक पराजुलीले भने, आज बसेको विद्यालय व्यावस्थापन समिती को बैठकले स्वास्थ्य सुरक्षाको संवेदनशीलता लाई मध्यनजर गर्दै मिति २०७७/९/२४ देखी २०७७/१०/०१ सम्म बिद्यालय मा पठनपाठन बन्द गर्ने निर्णय भएको छ ।

विद्यालयमा बालबालिका अध्ययन गर्ने घरकाे स्थानीय अभिभावकमा काेराेना पुष्टि भएकाे छ । उहाँकाे सम्पर्कमा धेरै व्यक्ति रहेकाे जानकारी भएकाेले विद्यालयमा थप सतर्कता अपनाइएकाे रम्भा गाउँपालिका १ का वडाध्यक्ष कृष्ण प्रसाद रेग्मीले बताए । स्थानीय अभिभावक रामपुर नगरपालिका १० बस्ने वर्ष ५८ कि महिला रहेकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी अाेमप्रकाश पन्थीले सेराेफेराेलाइ बताए । उनकाे लुम्बिनी मेडिकल कलेजमा स्वाव संकलन गर्दाे काेराेना पुष्टि भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस