मालपोतमा प्रजिअ कुरुम्वाङको छड्के अनुगमन, बिचौलिया प्रबेशमा रोक

मालपोतमा प्रजिअ कुरुम्वाङको छड्के अनुगमन, बिचौलिया प्रबेशमा रोक

नमस्कार शाह, बाँके÷मालपोत कार्यालयमा व्यापक भ्रष्टाचार भएको जनगुनासो आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले छड्के अनुगमन गरेका छन् ।
सेवा प्रबाह प्रभावकारी नभएको जनगुनासोलाई मध्ये नजर गर्दै बुधबार दिउसो अनुगमनमा निस्केका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आजै देखि मालपोत परिसरमा बिचौलिया प्रबेशमा रोक लगाएका छन् ।
बाँकेका प्रहरी प्रमुख ओम राना सहित छड्के अनुगमन गरेका उनले कार्यालय अस्तव्यस्त रहनुका साथै अधिकाँश कर्मचारी पोषाख, परिचय पत्र बिना कार्यालयमा उपस्थित भएको, कार्यालय भित्र बिचौलियाहरुको बिगबिगि रहेको, बिचौलियहरुनै कार्यालय भित्र छिरेर कर्मचारी सरह काम गरिरहेको पाईएको बताएका छन् ।
सबै शाखाहरुमा छड्के अनुगमन गरिसकेपछि कार्यालय प्रमुख कार्यकक्षमा सबै कर्मचारीहरुलाई गुनासो आउन नदिन जिम्मेवारीपूर्ण कार्य गर्न उनले कडा निर्देशन दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले निष्ठाको अभावमा सार्वजनिक सेवा प्रबाह नभएको बताउँदै ईमान्दारिता पूर्बक कार्य गर्न निर्देशन दिए । उनले आफु बाँकेमाख आईसकेपछि धेरै कार्यालयहरुको सेवा प्रबाहमा सुधार आएपनि मालपोतको सेवा सुधार नभएको, मालपोतमा व्यापक भ्रष्टाचार भएको र भ्रष्टाचार संस्थागत हुँदै गईरहेको चिन्ता व्यक्त गरे ।
नागरिकहरुको व्यापक जनगुनासो आएका कारण मालपोत प्रशासनको निगरानीमा रहेको उनले बताए । असल कार्य गर्ने कर्मचारीलाई सहयोग गर्छु– प्रजिअ कुरुम्वाङले भने– भ्रष्टाचारमा संलग्न रहने कोहि पनि कर्मचारीहरुलाई छाड्दिन ।
बिभिन्न बहानामा मालोपोतमा कर्मचारीहरुले सेवाग्राहीहरुलाई सास्तिन दिईरहेको उल्लेख गर्दै भने –घुस लिनु आमालाई बलात्कार गर्नु सरह हो, त्यसैले होस् गर्नुहोस् ।
उनले पोशाख नलगाउने र परिचय पत्र नलगाउने कर्मचारीलाई भोलि देखि कार्यालयमा छिर्न नदिन कार्यालय प्रमुखलाई उनले निर्देशन दिए । उनले कर्मचारीहरुलाइए निर्देशन दिदै भने–बिचौलियाहरुलाई पूर्ण रुपमा मालपोत परिसरमा प्रबेशमा रोक लगाउनुहोस् ।
अनुगमनका क्रममा बाँके प्रहरी प्रमुख ओम रानाले सेवा प्रबाह प्रभावकारी बनाउनका लागि बिबिधता अपनाउन आग्रह गरे । सो क्रममा भ्रष्टाचार बिरुद्ध क्रियाशिल बासका कार्यकारी निर्देशक नमस्कार शाहले मालपोतको सेवाबाट सेवाग्राहीहरु सन्तुष्ठ नभएको बताउँदै सेवा प्रभावकारी बनाउन जरुरी रहेको बताए ।
निर्देशन पश्चात बोल्दै मालपोत कार्यालयका निमित्त प्रमुख अमर सेजुवालले निर्देशनको पालना गर्दै सेवा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस