पाल्पामा पन्ध्र जना कोरोना संङकमित थपिए

पाल्पामा पन्ध्र जना कोरोना संङकमित थपिए


पाल्पा,पुष २२


पाल्पामा थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार र बुधबारको बिबरण अनुसार १५ जना संक्रमित थपिएका हुन । जसमा तानसेन नगरपालिका तथा अस्पतालका ११ जना, माथागढी गाउँपालिकाका २ जना र बगनासकाली गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जसमा ९ जना पुरुष र ६ जना महिला रहेका छन ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पाल्पामा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ४४ पुगेको छ । भने १ हजार ७ सय २५ जना निको भएका छन् । पाल्पामा कारोना संक्रमणकै कारण ३२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस