भैरवनाथ मुल मन्दिरको जिर्णोद्वार सुरु

भैरवनाथ मुल मन्दिरको जिर्णोद्वार सुरु


पाल्पा,पुष २१


पाल्पा भैरवनाथ मन्दिरको मुल मन्दिर जिर्णोद्वार सुरु भएको छ ।
क्षमापुजा गरि वैदिक बिधिबाट मन्दिरको गजुरलाई निकाल्ने र मन्दिरको माथिल्लो भाग भत्काई निर्माण कार्य सुरु गरिदै छ । मन्दिर २ करोड ६४लाख२७ हजार नौ सय २८ रुपैयाको लागतमा जिर्णोद्वार हुन लागेको हो ।

मन्दिर आसपासका साना मन्दिर तथा दरबारको पुनर्निमाण तथा जिर्णोद्वार भईसकेको छ । मुल मन्दिरको जिर्णोद्वार आगामी बैशाख मसान्तसम्म सक्नेगरि जिर्णोद्वार सुरुभएको ब्यबस्थापक मिनबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।मन्दिरको तल गुफामा रहनुभएका कालाभैरबलाई कुनै असर नपर्ने गरि सुरक्षित ढंगबाट जिर्णोद्वार हुने ब्यबस्थापक बुढाथोकीले बताउनुभयो ।

मन्दिरको जिर्णोद्वारको काम सुचारु रहदा पनि बैकल्पिक तरिकाले मन्दिरमा दर्शनको ब्यबस्था मिलाइएकोे मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।
मणिमुकुन्द सेन प्रथमले १५८० देखि निर्माण सुरु गरि १६१० मा निर्माण सम्पन्न गरेको मन्दिर धार्मिक ऐतिहासिक तथा पर्यटकिय हिसाबले महत्वपुर्ण मानिन्छ । मन्दिर दर्शनका लागि दैनिक रुपमा नेपालबाट मात्र नभई भारतबाट समेत हजारौं भक्तजन आउने गर्दछन ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना